December 7, 2019

जाडो छल्न साइबेरियन चरा शुक्लाफाँटामा

जाडो छल्नका लागि साइबेरिया लगायतका क्षेत्रबाट बसाइँ सर्दै आगन्तुक चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सिमसार क्षेत्रमा पुग्न थालेका छन् । साइबेरिया लगायतका क्षेत्रमा अत्यधिक चिसो बढेपछि हरेकवर्ष हिमाल छिचोल्दै चरा निकुञ्जलगायत यहाँका खोला, नदी र सिमसार क्षेत्रमा पुग्ने गर्दछन् ।

साइबेरिया, किर्गिस्तान, जापान, उत्तरी चीन, मङ्गोलिया लगायतका क्षेत्रमा माइनस डिग्री तापक्रम पुगेपछि चराहरु जाडो छल्नका लागि हिमाल पार गरेर निकुञ्ज क्षेत्रमा पुग्ने गरेका छन् । नेपाल पन्छी संरक्षण सङ्घका प्रतिनिधि हिरुलाल चौधरीका अनुसार प्रतिवर्ष नेपालमा १५० प्रजातिका चरा जाडो छल्नकै लागि आउने गरेका छन् । तीमध्ये आधा हाँस प्रजातिका चरा रहने गरेका छन् ।

उहाँका अनुसार हालसम्म शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायत आपसपासका नदी, खोला, तलाउ र सिमसार क्षेत्रमा मात्रै ३० भन्दा बढी प्रजातिका बसाइँ सारेर आउने चरा देखिएका छन् । चरा आउने क्रम जारी रहेको छ । आहारको खोजी, मौसम अनुकूलता र प्रजननका लागि चराले बसाइँ सर्ने गरेका छन् ।

“मालक हाँस, खरखसे हाँस, हरियो टाउके हाँस, सिन्दूरे हाँस, कैले टाउके हाँससहितका जीवल फिस्टो, लालकण्ठे, झेकझेक भ्रmयाप्सी, खैरो भद्राई, मोटोठाँडे, ट्याकट्याके आदि प्रजातिका चराहरु निकुञ्ज र त्यसको बाह्य क्षेत्रमा देखापरेका छन्”, उनले भने । निकुञ्जको रानीताल, सलगौडी ताल, बाबा ताल, चौधर नदी, स्याली नदी, सनवोरा नदी लगायतका क्षेत्रमा बसाइँ सारेर आउने चराको चहलपहल वृद्धि भएको छ ।

“निकुञ्ज चरा अवलोकनका लागि गन्तव्य नै हो”, निकुञ्जका मुख्य संरक्षण अधिकृत लक्ष्मण पौड्यालले भने, “बसाइँ सरेर आउने चरासँगै निकुञ्जमा रैथाने चराको सङ्ख्या मात्रै ४५० रहेको छ ।” लोपोन्मुख अवस्थामा पुगेका खरमजुर, गिद्धलगायत चरासमेत निकुञ्जमा पाइने गरेका छन् । चरा संरक्षणका लागि गरिएका प्रयासअनुरुप हालसम्म चराको तस्करी गर्ने र सिकार गर्ने कार्य हुन नपाएको उनले बताए ।

विद्यालय र मध्यवर्ती क्षेत्रका बासिन्दालाई चरा संरक्षण शिक्षा दिने कार्य गरिएपछि चराका सिकारीलगायत विगतको तुनामा निकै कमी आएको उनको भनाइ छ । निकुञ्जका मुख्य संरक्षण अधिकृत पौड्यालका अनुसार जनवरी ५ तारिखदेखि फरवरी ५ तारिखमा जलपन्छी गणना गर्ने तयारीसमेत निकुञ्जले गरेको छ ।

निकुञ्ज बाहिरका सीमसार क्षेत्रमा समेत चरा आउने क्रम शुरु भएको छ । हिउँद शुरु हुँदै आउने चरा गर्मी शुरु हुनु अगावै यस क्षेत्रबाट पुरानै बास स्थानमा फर्कने गरेका छन् । पानीको स्रोत घट्दै जानु, तालतलैया सुक्दै जानुलगायत कारणले बसाइँ सरेर आउने चराको सङ्ख्यामा केही वर्षयता भने कमी देखिन थालेको छ । जलचरको बासस्थानमा सुधार, सिमसारको संरक्षण तथा चराको चोरी सिकारीलाई न्यूनीकरण गर्नुपर्ने चरा विज्ञहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी