March 26, 2018

जलविद्युतमा चीनको नौं अरव लगानी हुने

 

 चैत १२

काठमाडौं । पिपल्स हाइड्रो लिमिटेडले चीनबाट नौं अरव रकम जलविद्युत् आयोजनाका लागि भित्रयाउने भएको छ । 

कम्पनीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चीनको छोछुङ वाटर टर्वाइन वक्र्स (सिडब्ल्युटिडब्ल्यु) ले करिव ९ अरव खिम्ती २ जलविद्युत् आयोजनामा लगानी गर्न लागेको जानकारी गराएको हो । ४८ दशमलव ८० मेगावाट क्षमताको सो आयोजना २०७८ असारमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाको कूल लागत  १० अरव रहेको छ । चीनबाट भित्रिने रकमबाहेक अरु रकम भने प्रवद्र्धक पिपल्स हाइड्रोले स्वपूँजीमार्फत लगानी गर्नेछ ।

चिनियाँ कम्पनीले इञ्जिनियरिङ, प्रोक्युरमेन्ट, कन्स्ट्रक्सन र फाइनान्स (इपिसिएफ) ढाँचामा निर्माण गर्नेछ । उक्त कम्पनीले आयोजना निर्माण सम्पन्न भएको ७ सय दिनभित्र आफ्नो लगानी फिर्ता लैजाने गरी सहमति भएको पिपल्स हाइड्रोका कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिएो ।

दोलखा र रामेछापको जिरीखिम्ती भन्ने स्थानमा बाँध बाँधेर कूल  ६ दलमलव ६ किलोमिटर लामो सुरुङमार्फत् खिम्ती आयोजनाको बाँधस्थल नजिक निर्माण हुने विद्युत् गृहमा विद्युत् उत्पादन गरिनेछ । आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको देवीटार सवस्टेशनमा जोडिनेछ ।

आयोजनाको हाल पहुँच मार्ग, आवास स्थल निर्माण तथा निर्माणका लागि आवश्यकपर्ने विद्युत् जोड्ने प्रसारण लाइन निर्माणको काम भइरहेको छ । आगामी वैशाखदेखि आयोजनाको निर्माण शुरु हुनेछ । चिनियाँ कम्पनीले निर्माण शुरु गरेको तीन वर्ष्भित्र आयोजना सम्पन्न गर्ने सहमति पत्रमा उल्लेख गरिएको छ । आयोजनाबाट हिउँदमा ४० गिगावाट घण्टा ऊर्जा उत्पादन गर्नेछ भने वर्षाकालमा २ सय २३ गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेछ । प्रवद्र्धक कम्पनी र नेपाल विद्युत् प्राधिकरणबीच हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र वर्षाकालमा चार रुपैयाँ ८० पैसामा विद्युत् खरिद सम्झौता भइसकेको छ । सो कम्पनीले यसअघि रुदी ए ८ दशमलव ८ मेगावाट र रुदी बी ६ दशमलव ६ मेगावाट क्षमताका दुई आयोजना निर्माण सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आइएमई ग्रुपद्वारा प्रधानमन्त्रीलाई डेढ करोडको चेक हस्तान्तरण

काठमाडौँ, कात्तिक २१  गते । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट

नक्कली भ्याट बिल बनाउनेलाई सतप्रतिशत जरिमाना

 कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

कात्तिक १, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से

नेपाल–कोरिया उडानमा प्राधिकरण नै बाधक

आश्विन २६, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दक्षिण कोरिया सिधा