March 23, 2018

जर्सी नम्बर एकबाट सन्दीपले आइपिएलमा खेल्ने

 

 images_cms-image-000043952

राजधानीमा हिजो भएको एक कार्यक्रममा दिल्ली डेयरडेभिल्सका सिइओ हेमन्त दुवा र राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले सन्दीपको जर्सी सार्वजनिक गरे। 

जर्सी सार्वजनिक गर्दै सिइओ दुवाले आफ्ना लागि यो महान क्षण भएको बताए। ‘सन्दीपले दिल्ली र नेपाललाई अझ गर्व महसुस गराउनेछन् भन्ने मेरो विश्वास छ,’ दुवाले भने।

आइपिएलमा सन्दीपले प्लेइङ इलेभेनमा मौका पाउलान् या नपाउलान् भन्ने प्रश्नमा दुवाले त्यो निर्णय प्रशिक्षक र क्याप्टेनको हातमा रहेको बताए। उनले मार्च २७ देखि आइपिएल सो क्लबको अभ्यास सुरु हुने जानकारी दिँदै अभ्यासमा सन्दीपले पर्याप्त मौका पाउने बताए। ‘यदि अभ्यासमा उनले राम्रो गरे भने लेइङ ११ मा स्थान पाउनेछन्,’ दुवाले भने।

सन्दीपले भने आफ्ना लागि प्लेइङ ११ मा मौका पाउनु नपाउनु त्यति महत्वपूर्ण नभएको बताए। ‘मेरोलागि मेरो टिमले जित्नु चाहिँ बढी महत्वपूर्ण छ,’ सन्दीपले भने।

जर्सी ग्रहण गर्दै सन्दीपले आफू सँधै एक नम्बर हुने चाहना राख्ने हुनाले जर्सी पनि एक नम्बर नै छानेको बताए। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले