जर्मनीले बनायो दुनियाकै अग्लो बालुवा महल

भनिन्छ, बालुवामा घर बनाउन सकिँदैन । तर जर्मनीले चाहिँ बालुवामै दुनियाकै अग्लो महल बनाएर कीर्तिमान कायम गरेको छ ।

tallest-sandcastle

जर्मनीले बालुवाबाट मात्रै बनेको दुनियाको सबैभन्दा अग्लो स्मारक तयार गरेर भारतले यसअघि राखेको कीर्तिमान तोडेको छ ।

 

जर्मनीले तयार पारेको बालुवाको स्मारक १६.८ मिटर अग्लो छ । यसमा ३५ सय टन बालुवा प्रयोग गरिएको छ । कालिगढहरुले यो महल बनाउन झण्डै एक महिना लगाएका थिए । १ सय ६८ वटा ट्रकले एक हप्तासम्म बालुवा ओसारेका थिए ।

यही वर्ष फेब्रुअरीमा भारतीय कलाकार सुदर्शन पटनायकले १४.८४ मिटर अग्लो बालुवाको महल बनाएर कीर्तिमान राखेका थिए । उक्त कीर्तिमानलाई जर्मनीले तोडेको छ ।

गिनिज वल्र्ड रेकर्डस्का अधिकारीले लेजर प्रविधिको सहायताले उक्त महलको उचाई नापेपश्चात् त्यसलाई विश्वकै अग्लो बालुवाको महल घोषित गरे । उक्त स्मारकमा पिसाको ढल्केको धरहरालगायत विश्वका कैयन् पर्यटकीय स्थलका आकृतिहरु बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता

काठमाडौँ,  कात्तिक १३ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

खोटाङ अस्पतालमा जीवन जलसमेत भेटिएन : आयोग

खोटाङ, असोज २५  गते । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की