काठमाडौं, मंसिर २५ : जम्मु र कस्मिरलाई संयुक्त राष्ट्रसंघले ‘नसल्टिएका विवाद’ को सूचीबाट हटाएको छ। राष्ट्रसंघको यस्तो कार्यको पाकिस्तानले विरोध गरेको छ।
करिब सात दशकदेखि जम्मु र कस्मिरको स्वामित्वलाई लिएर भारत र पाकिस्तानबीच खिचातानी चलिरहेको छ। यसै वर्ष भारतले यो राज्यलाई टुक्र्याएर केन्द्रशासित भूभागको हैसियत दिएको छ।
‘जम्मु र कस्मिर विवादलाई लामो समयदेखि जारी विवादको सूचीमा उल्लेख गरिएको छैन,’ राष्ट्रसंघका लागि पाकिस्तानी दूत अमजद हुसेन बी सियालले महासभा बैठकमा भने, ‘हामीलाई लाग्छ यो गल्ती असावधानीवश भएको हो। किनभने जम्मु र कस्मिर सुरक्षा परिषदमा सबैभन्दा पुरानो विवादित एजेन्डामध्ये एक हो।’
पाकिस्तानले जम्मु र कस्मिरमा राष्ट्रसंघले हस्तक्षेप गर्नुपर्ने माग राख्दै आएको छ। भारतले भने यो विषय द्विपक्षीय रुपमा समाधान हुनुपर्ने अडान राख्ने गरेको छ। एजेन्सी
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल
मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने
कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,
बेइजिङ, असोज ८ गते । चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले
२१ भदौ २०८०, बिहिबार हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण