जनताबाट अस्वीकृत भएकाहरुको चुरीफुरी उपयुक्त हुँदैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताबाट  अस्वीकृत भएकाहरुको चुरीफुरी उपयुक्त नहुने टिप्पणी गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को संसदीय दलको बैठकलाई बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसदमा सांसदहरुलाई सरकारका कामकारबाहीका बारेमा डटेर कुरा राख्न पनि निर्देश्न दिए ।

“संसदीय अभ्यासमा अभ्यस्त भइसकेका साथीहरुले अगुवाइ गर्ने नयाँ साथीहरुले त्यसलाई पछ्याउने गर्नुपर्यो,” प्रधानमन्त्री ओलीले भने, “शिर्ष नेताहरुले सरकार, नीति तथा कार्यक्रम र बजेटका पक्षमा खुलेर कुरा राख्नुपर्छ । जसले गर्दा संसद र जनतामा पनि राम्रो सन्देश प्रवाह हुन्छ ।”

संसदमा एक दुईजना उभिएका भरमा संसद अवरुद्ध हुन दिन नहुने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले  असोज ३ गतेसम्ममा कानुनहरु बनाइ सक्नुपर्ने भएकोले संसद अवरुद्धताले यो कार्यसूचीलाई असर गर्ने  बताए । “यी सबै काम समयमै सक्नका लागि हाम्रा सांसदहरुले सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई बल दिनुपछ,” प्रधानमन्त्री ओलीले भने । 

प्रधानमन्त्री ओलीले सरकारले मन्त्रालय विभाजन भन्नुको कुनै तुक नभएको बताए । “संविधानले २५ वटासम्म मन्त्रालय  र मन्त्री बनाउन अधिकार दिएको छ,” प्रधानमन्त्री ओलीले भने, “त्यस कारण आवश्यकता अनुसार मन्त्रालय विभाजन गरिएको हो ।” वर्तमान सरकार थपना नभएकोले सक्रियतापूर्वक काम गर्ने उनले दाबी गरे । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक