सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालयले जनकपुरमा राष्ट्रिय झन्डा बिगारिएकोबारे स्पष्टिकरण मागेको छ।
मन्त्री लालबाबु पण्डितले मन्त्रीस्तरीय निर्णय गरेर झन्डाको स्वरूप कसरी बिग्रियो, त्यसमा कोको जिम्मेवार छन्? भन्ने स्पष्टिकरण दिन आइतबार निर्देशन दिएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले रामायण सर्किट र जनकपुर-अयोध्या सिधा बस सेवाको उद्घाटन गर्ने कार्यक्रममा राखिएको नेपालको झन्डाको स्वरूप बिगारिएको थियो। वैशाख २८ गते दुबै प्रधानमन्त्रीले सो कार्यक्रमलाई सम्बोधन पनि गरेका थिए।
प्रवक्ता अधिकारीले प्रदेश नम्बर २ का प्रमुख सचिव, आन्तरिक मामिला मन्त्रालयका सचिव, धनुषाका प्रमुख जिल्ला अधिकारी र जनकपुर उपमहानगरका प्रमुख कार्यकारी अधिकृतलाई स्पष्टिकरण दिन पत्र पठाइएको बताए।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू