जग्गा किर्ते आरोपमा मालपोत अधिकृतसहित ४ कर्मचारी पक्राउ

काठमाडौंको बुढानिलकण्ठमा रहेको ४० आना जग्गा किर्ते गरेर पास गराउन भूमिका खेलेको भन्दै चाबहिल मालपोत कार्यालयका अधिकृतसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मालपोत अधिकृत खगेन्द्र अर्याल, नासु रन्जनकुमार खरेल, जमुना कुमारी श्रेष्ठ र रघुनाथ तिमिल्सिना रहेका छन् । महानगरीय प्रहरी प्रभाग गौशालाका डिएसपी सुनिल मल्लका अनुसार उनीहरुले बुढानिलकण्ठमा रहेको चन्दनकृष्ण कायस्थको ४० आना जमिनको नक्कली व्यक्ति खडा गरी किनबेच गर्ने काममा सहयोग गरेका थिए ।

जमिनको श्रेस्ता राख्ने, श्रेस्ता तयार पार्ने र रुजु गर्ने कार्यमा संलग्न भएकाले उनीहरुलाई पक्राउ गरिएको डिएपी मल्लले बताए । मालपोतका कर्मचारीको मिलेमतोमा भएको किर्तेबाट नक्कली लालपुर्जा बनाएर काठमाडौं जिल्ला अदालतबाट नक्कली चन्दन कृष्ण कायस्थको वारीस खडा गरेर कृष्ण देवकोटा लगायतलाई जमीन बेचेको प्रहरी अनुसन्धानबाट खुलेको छ । नियन्त्रणमा रहेका चारै जनालाई वृत्त गौशालामा राखेर आवश्यक अनुसन्धान भइरहेको डिएसपी मल्लले बताए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी