छोरीका लागि आधुनिक धृतराष्ट बने प्रचण्ड

सर्वोच्च अदालतको फैसलापछि धेरैले मलाई सोध्ने एउटै प्रश्न छ, यो फैसलालाई कसरी लिनुभएको छ ? तर प्रश्न मैले यसलाई कसरी लिएको छु भन्ने होइन । मूल प्रश्न भनेको हामीले कस्तो पद्धति बसाल्न खोजेका छौं भन्ने हो । भरतपुरका जनताले दिएको मतदान, निर्णय कसैलाई चित्त बुझेन, उसले च्यात्यो । जनताको मतलाई अपमान ग¥यो । मतपत्र च्यात्ने कुत्सित मनशाय बोकेकै योजनालाई हाम्रो राज्यप्रणालीले सदर गरिदियो । यो लोकतन्त्र हो कि होइन ? लोकतन्त्रमा यस्तो हुन्छ कि हुँदैन भन्ने मात्रै कुरा हो । वास्तवमा भन्ने हो भने मैले चुनाव त जितेकै हो । १९ नम्बर वडाको मतगणना सकिन लागेको थियो, उनीहरूलाई जित्न आवश्यक पर्ने मत आएको देखेनन् च्याते । उनीहरू सत्तामा थिए । सत्ताको दुरुपयोग गरे । निर्वाचन आयोगलाई पनि दुरुपयोग गरे । हारिसकेपछि मतपत्र च्यात्ने, धाँधली गर्ने अनि जित्न नाटक र प्रपञ्च गर्ने नमुना प्रस्तुत भयो । त्यसको म सिकार बनाइएँ ।
अहिले सर्वोच्च अदालतको पुनः मतदान गराउने फैसला आइसकेको छ । अदालतको निर्णयलाई मैले मान्दिनँ पनि भनेको छैन । सर्वाेच्चको फैसला अन्यायपूर्ण छ भन्ने मात्र मेरो भनाइ हो । जसले निर्वाचन अपराध गरेको थियो, उसैको अपराधलाई मलजल गर्ने गरी निर्णय आएको छ । मलाई यो निर्णय मान्दिनँ भन्ने अधिकार छैन तर अन्यायपूर्ण भयो भन्ने अधिकार मसँग छ । निर्वाचन आयोगको त के कुरा गर्नु । प्रधानमन्त्रीको कानुनी सल्लाहकारबाटै मतपत्र च्यात्ने योजना बनाइन्छ, त्यहीँबाटै निर्वाचन आयोगको निर्णयलाई प्रभावित बनाइन्छ । निर्वाचन आयोग प्रधानमन्त्री कार्यालयको शाखा भयो भन्ने कुरा पनि बाहिर आएको थियो, त्यो सबैलाइ थाहा नै छ । सरकारले अहिले निर्वाचन आयुक्तहरूलाई ५÷५ करोडका गाडी खरिद गरेर दिएको छ । त्यो केका लागि भने मेरी छोरीलाई भोट नआए पनि जित्ने प्रबन्ध मिलाइदिनुपर्छ भनेर । अब सर्वोच्च माननीयज्यूहरूसँग प्रत्यक्ष–अप्रत्यक्ष ढंगले केकस्तो खालको सत्ताको दुरुपयोग गरिएको छ, त्यो बुझ्न सकेको छैन । राज्यसत्ताको चरम दुरुपयोग गरेर मलाई हराउने जुन चेष्टा गरिएको छ निर्वाचनको नाटक गरिएको छ, त्यो गरिए पनि हामी निर्वाचनबाट डराएर पिठ्यूँ फर्काएर भाग्नेछैनौं ।
एउटा दलको उम्मेदवारविरुद्ध राज्यसत्तामा बस्नेले गठबन्धन बनाएको छ । निर्वाचन आचारसंहिताअनुसार प्रधानमन्त्री चुनाव प्रचारमा हिँड्न पाउँदैनन् । तर भरतपुरमा प्रधानमन्त्री र हुनेवाला प्रधानमन्त्री हल बाँधेर मेरो विरुद्ध आएको दुनियाँले देखे । चुनाव घोषणा भएपछि त्यसलाई प्रभावित गर्ने गरी आर्थिक चलखेल गर्न पाइँदैन । तर भरतपुरमा मात्रै राज्यकोषको अर्बौं रकम रकमान्तर गरी पठाइएको छ ? यो धाँधली होइन ? म त कुनै एउटा दलको उम्मेदवारसँग होइन, सिंगो राज्यसंयन्त्र र त्यसको धाँधलीको घेराबन्दीमा चुनाव लडिरहेको छु । तर आजका जनता २१औं शताब्दीका जनता हुन् । यो सबै जनताले बुझेकैले मलाई भोट दिएका हुन् । मलाई जनताले जिताएका छन् । जनताले जिताएकैले अनेकौं जालझेल, गुन्डागर्दी र कानुनको दुरुपयोग गरेर हराउने प्रपञ्च गरिएको हो । त्यसैले यो सानोतिनो लडाइँ होइन, यो इतिहासकै ठूलो लडाइँ हो । तर म विचलित छैन । मलाई भरतपुरवासी जनताले भनेका छन्, ‘हामीले बुझेका छांै, यो षड्यन्त्र कसले किन गरिरहेको छ भन्ने ।’ आफ्नै छोरीलाई ल्याएर मेयर बनाएर भोलि फेरि आफैं चुनाव लड्ने ठाउँ बनाउने प्रचण्डको योजना छ । अब रोल्पा गएर चुनाव लड्न सकिँदैन । अब सिरहा गएर लीला श्रेष्ठ अरू सबैलाई बनाउन सकिंदैन । त्यसैले भोलि यहि ठाउँमा चुनाव लड्ने अहिले छोरीलाई मेयर बनाउने, स्थानीय स्रोत साधनको चरम दुरुपयोग गर्ने । अनि आफू त्यहाँबाट सांसद लड्ने उहाँको योजना हो भन्छन् त्यहाँका जनता । भरतपुरको मेयरमा आफ्नी छोरीलाई विराजमान गराउन जुन नग्नतापूर्ण ढंगले तत्कालीन प्रधानमन्त्री नै लागे, इतिहासमा महाभारतमा हामीले धृतराष्ट्रले छोरा दुर्योधनका लागि जसरी आफूलाई विवेकको अन्धो साबित गरेका थिए, यहाँ पुष्पकमल दाहालजीले त्यसै गर्नुभयो । छोरीका लागि आधुनिक धृतराष्ट्र बन्नुभयो उहाँ ।
(कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक