छोराछोरीलाई साङ्लोले बाधेर यातना दिने बाबुआमालाई २५ वर्ष जेल

बैशाख ७ :  अमेरिकी राज्य क्यालिफोर्नियाका एक निर्दयी बाबुआमालाई २५ वर्षको जेल सजाए सुनाइएको छ।

आफ्नै छोराछोरीलाई साङ्लाले बाधेर वर्षौ यातना दिने बाबुआमालाई अमेरिकी अदालतले जेल सजाए सुनाएको हो।

आफ्ना १३ सन्तानलाई बाबु डेभिड र आमा लुइस तुर्पिनले करिब ९ वर्षसम्म चरम यातना दिएका थिए।

१७ वर्षीया छोरी क्यालिफोर्नियास्थित पेर्रिस शहरको घरबाट भाग्न सफल भएपछि उनकै उजुरीको आधारमा गतवर्षको जनवरी महिनामा ती अभिभावकलाई प्रहरीले पक्राउ गरेका थिए।

जन्मकैदको फैसला सुनाइए पनि ती छोराछोरीले आफ्ना आमाबुबालाई माया गर्ने शुक्रबार अदालतमा बताएका थिए।

अदालतमा डेभिड र लुइसले आफ्ना छोराछोरीलाई दिएको यातनाप्रति माफी मागेका थिए।

लस एन्जल्सदेखि १ सय १२ किलोमिटर दक्षिण टाढा एक घरमा डेभिड र लुइसका छोराछोरी बन्दी बनाइएको अवस्थामा भेटिएका थिए।

२ वर्ष उमेरदेखि २९ वर्षका छोराछोरीलाई उनीहरुले बन्दी बनाएका थिए। एक २२ वर्षीया छोरा खाटमा साङ्लाले बाधेको अवस्थामा भेटिएका थिए।

उनीहरुलाई जनवारलाईजस्तै व्यवहार गरिएको प्रहरीको भनाइ छ। उनीहरुको कोठा खोरजस्ता गन्हाएको बताइएको छ।

वर्षौदेखि बन्दी बनाइएका उनीहरुलाई वर्षमा एकपटक मात्र नुहाइन्थ्यो। घरबाट भाग्न सफल ती १७ वर्षीया छोरीले आफ्ना बाबुआमाको कर्तुत प्रहरी समक्ष बताएपछि उनीहरु सबैले उन्मुक्ति पाएका हुन्। एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण