छानबिन समितिका सदस्यलाई धम्की दिने व्यक्ति ठूलै जिउडालका शक्तिशाली मान्छे रहेछन् : गृहमन्त्री थापा

कञ्चनपुरकी बालिका निर्मला पन्त हत्या प्रकरणको छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिका सदस्य उपसचिव विरेन्द्र केसीले शक्तिशाली अपराधीबाट हत्या हुन सक्ने भन्दै राजीनामा दिएको सन्दर्भमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले जवाफ दिएका छन् । 

प्रतिनिधिसभा बैठकमा सांसदले ‘शक्तिशाली अपराधी को हुन् ?’ भन्दै प्रश्न गरेपछि जवाफ दिँदै गृहमन्त्री थापाले भने, ‘छानबिनका लागि महेन्द्रनगरमा रहेका बेला मोटरसाइकलमा आएका शक्तिशाली देखिने हेर्दाखेरी ठूलै जीउडालको मोटो–मोटो देखिने मान्छेले धम्की दिएको रे ।’

केसीसँग भएको छलफलमा पाएको जवाफ भन्दै थापाले एक जनाले अनुसन्धानमा खटिने व्यक्तिलाई गाडीले ठक्कर दिएर मारेका घटना पनि हुने गरेका छन् भनी स्मरण गराउँदै धम्की दिएको बताए ।

थापाले यसभन्दा बढी जवाफ शक्तिशाली अपराधीबारे सदस्य केसीले नै दिन सक्ने समेत बताए ।

समितिमा रहेर निर्मलालाई न्याय दिने नसक्ने र शक्तिशाली अपराधीबाट आफ्नो हत्या हुन सक्ने भन्दै सदस्य केसीले समितिबाट राजीनामा दिएका थिए । तर, गृहमन्त्रीसँग भएको छलफलमा सुरक्षाको प्रत्याभूति भएपछि अहिले केसी फेरि समितिमै फर्किएर काम गरिरहेका छन् ।

यसअघि राष्ट्रियसभामा जवाफ दिँदै गृहमन्त्री थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या प्रकरणबारेको छानबिन अन्तिम चरणमा पुगेको बताएका थिए ।

बिहीवारको प्रतिनिधिसभा बैंठकमा प्रतिपक्षी नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले जवाफ माग गरेपछि थापाले शुक्रवार जवाफ दिएका हुन् ।

‘घटनाको छानबिन करीब–करीब अन्तिम चरणमा पुगेको छ,’ गृहमन्त्री थापाले भने, ‘जनस्तरबाट गम्भीर चिन्ता पैदा भएको छ, दोषीमाथि कठोर कारवाही होस्, न्यायको कठघरामा परुन् र पीडितलाई न्याय मिलोस् भन्ने चिन्तामा गृहमन्त्रीको तर्फबाट सम्मान गर्छु र जिम्मेवारी रुपमा काम गर्न निर्देशन दिइएको छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने