नायिका शिल्पा पोखरेल उनका श्रीमान छवी ओझाबीचको झगडा सहमतिमा टुंगिएको छ ।
शिल्पाले प्रहरीसमक्ष दिएको उजुरी बिहीबार छलफलबाट छिनोफानो भएको हो । काठमाडौं प्रहरी परिसर, टेकुमा भएको दुवै पक्षबीचको छलफलपछि पोखरेल र ओझाबीच सहमति पत्रमा हस्ताक्षर भएको छ ।
यसअघि नायिका पोखरेलले श्रीमानबाट असुरक्षित भएको भन्दै प्रहरीसमक्ष उजुरी दिएकी थिइन् । पोखरेलको सुरक्षामा कुनै आँच नपुग्याउने गरी ओझाले लिखित सम्झौता गरेका छन् । त्यसक्रममा ओझाले शिल्पासँग माफी समेत मागेका थिए ।
दुबैजनाबीच सहमति भएपछि प्रहरीमा दिएको उजुरी समेत टुंगिएको छ ।
शिल्पाले आफ्नो उजुरीमा ओझाले दुर्व्यवहार, कुटपीट र धम्की दिएको उल्लेख गरेकी थिइन् । तर ओझाले भने शिल्पासँग सामान्य झगडामात्रै भएको बताएका छन् ।
सहमतिपछि शिल्पा र छवि सँगै बस्छन् वा बस्दैनन् भन्ने प्रस्ट भइसकेको छैन ।
शिल्पा र छविराजले २०७३ सालको दशैंमा गोप्य रुपमा बिहे गरेका थिए । शिल्पा छविकी चौथो श्रीमति हुन् ।
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
असार ८ काठमाडौं । जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको