‘छक्का पन्जा ३’को यस्ताे छ ट्रेलर, फिल्म घटस्थापनाका दिनबाट चल्ने

 

असाेज ७, काठमाडाैं ।हास्यरसले भरिपूर्ण छक्कापन्जा ‘छक्का पन्जा ३’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा अाज पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रको ट्रेलरसँगै प्रदर्शन मिति पनि तय गरिएको छ ।

चलचित्रमा दिपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल, वुद्दि तामाङ, किरण केसी, लक्ष्मी गिरी रहेका छन् ।

दिपाश्री निरौलाले निर्देशन गरेको यो चलचित्रमा पुरुषोत्तम प्रधानको छायांनकन, अर्जुन पोखरेल र दिपक शर्माको संगीत छ । चलचित्रको ट्रेलर अनुसार, यसले विद्यालयमा हुने गरेको राजनीतिलाई उठान गरेको छ ।

निर्माता तथा कलाकार दिपकराज गिरीले यसपटक आफूहरुले ट्रेलरमा बिषयवस्तुलाई खुलाएको बताए । ‘छक्का पन्जा ३’ अब दशैको पहिलो दिन घटस्थापनाबाट रिलिज हुने भएको छ । यस अघि यहि नामबाट २ अाेटा फिल्म निर्माण गरिसकेकाे याे समुहले ‘छक्का पन्जा ३’सफल हुनेमा ढुक्क रहेकाे बताएकाे छ ।

यस चलचित्रमा समावेश ‘पहिलो नम्बरमा’ बोलको गीत हिट भैसकेको छ । यस्तै, दोश्रो गीत ‘पछि उमेर ढल्केला’ले पनि चर्चा पाइरहेको छ ।प्रायः कमेडी जनरामा बनेका फिल्मलार्इ दर्शककाे साथ रहने गरेकाे छ । यस हिसाबले ‘छक्का पन्जा ३’ दीपक र दीपाका लागि मात्र हैन समग्र टीमका लागि फाइदाजनक नै हुने देखिन्छ ।

हेर्नुहाेस ट्रेलर

 
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको