चौथो एक दिवसीय खेलमा न्यूजील्याण्डको जित

पाकिस्तानसँगको पाँच खेलको एक दिवसीय क्रिकेट सिरिजको चौथो खेलमा न्यूजील्याण्डले जित हात पारेको छ । चौथो खेलमा लगातार जित हात पारेसँगै न्यूजील्याण्ड ४–० ले सिरिज लिड गरेको हो ।
सेडोन पार्कमा भएको खेलमा २६३ रनको मध्यम स्कोर पछ्याउँदै ब्याटिङ गरेको घरेलु टोली न्यूजील्याण्डले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको हो । न्यूजील्याण्डले निर्धारित ओभर सकिन २५ बल बाँकी छँदै ५ विकेटको क्षतिमा लक्ष्य भेटायो ।New Zealand v Pakistan - 4th ODIन्यूजील्याण्डको जितका लागि कोलिन डि ग्रान्डहोमले अविजित ७४ रन बनाए । उनले ४० बलको सामना गर्दै ७ चौका र ५ छक्का प्रहार गर्दै ७४ रन बनाएका थिए । त्यस्तै, हेन्री निकोल्स पनि अर्धशतकीय पारी खेल्दै ५२ रनमा अविजित रहे । त्यस्तै, न्यूजिल्याण्डका लागि कोलिन मोनरोले ५६ र कप्तानल केन विलियम्सनले ३२ र मार्टिन गुप्टिलले ३१ रन बनाएका थिए ।

बलिङतर्फ भने सादब खानले ३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २६२ रन बनाएको थियो । पाकिस्तानका लागि मोहम्मद हफिजले ८१ रन बनाएका थिए । उनले ८० बलको सामना गर्दै ५ चौका र ४ छक्का प्रहार गरेका थिए ।
त्यस्तै, पाकिस्तानका लागि फखर जमानले ५४, कप्तान सफ्र्रज अहमदले ५१ र हरिष सोहइलले ५० रनको योगदान दिएका थिए । ५ खेलको एक दिवसीय क्रिकेट सिरिजको अन्तिम खेल जनवरी १९ तारिखमा हुनेछ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले