November 21, 2017

चुनावमा जन्ती हुने कि जनता ?

डा. अतीन्द्र दाहाल

 २०७४ मङ्सिर ५ मंगलबार 

देश चुनावमय भएको छ । प्रदेश सभा र संघीय संसद् प्रतिनिधि सभाको निर्वाचन हुँदैछ । स्थानीय तहको चुनावसँगै संघीय गणतन्त्रको कार्यन्वयन सुरु भयो । आसन्न निर्वाचनले पछिल्ला राजनीतिक परिवर्तनलाई संस्थागत गर्नेछन् । निर्वाचनमा होमिएका दलहरूले नयाँ नेपाल निर्माणका लागि महत्वकांक्षी घोषणापत्र सार्वनजिक गरेका छन् । घोषणापत्रको आधामात्रै कार्यान्वय भए पनि नयाँ नेपाल सार्थक बनाउन सकिन्छ । सबैको आशा छ, निर्वाचनपछि देशले सकारात्मक गति लिनेछ । 

देश निर्माण गर्न सफल प्रतिनिधि चुन्न जनता पनि सजग बन्नुपर्छ । राजनीतिमा नागरिक सहभागिता ३ विशिष्ठ र फरक प्रक्रियाबाट अगाडि बढ्छ । नागरिकहरू पहिले जन्तु, त्यसपछि जन्ती र अनिमात्र जनता बन्छन् । हामी पनि पहिले जन्तु अनि केही कालदेखि जन्तीको हिसाबले राजनीतिमा छौँ । क्यानाडेली शोधकर्ता जेनिफर ट्यांगका अनुसार पूर्वीय तटका देशहरूमा राजनीतिक सहभागिता अझै अवैज्ञानिक देखिन्छ । बेँग ह्वाउट क्लको पुस्तक ‘इलेक्सन इज पपुलर कल्चर इन एसिया’को मतसमेत समान छ । यसले लभगभ २० प्रतिशत मतदाताले मात्र सोच÷विचारसाथ मतदान गर्ने देखाएको छ ।

डोनाल्ड जी फेरीको पुस्तक ‘डिसिजन एन्ड इलेक्सन : एक्सपेक्टिङ द अनएक्सपेक्टेड’ अनुसार दलका कार्यक्रम र तीनले ल्याउने परिणामको मूल्यांकनका आधारमा राजनीतिक माताधिकार प्रयोग गर्ने नागरिकको संख्या ज्यादै न्यून हुन्छ । छलफल र अनुसन्धानात्मकभन्दा परम्परागत विधिको प्रयोग बढी हुन्छ । अनि अधिकांश निर्वाचनले नसोचेका परिणाम बढी ल्याउँछन् । हाम्रो अवस्था पनि यही हो । अब यस कमजोरीबाट माथि उठ्दै सबल जनता भएर राजनीतिक सहभागिता देखाउनुपर्छ ।

जन्तुजस्तो विगत 

प्रजातान्त्रिक अभ्यासका सुरुका वर्षमा हाम्रो राजनीतिक सहभागिता जन्तुको जस्तोे भयो । निर्वाचनको केही दिन पूर्व नेताहरूले सहयोगीमार्पmत् भोजभतेर र खानपिन गराएर नागरिकलाई प्रभावित गर्थेे । गरिबी, अशिक्षा र राजनीतिक चेतना नभएका नागरिक जसले २ पैसा अथवा २ —४ छाक खान दियो उसैको जयजयकार गर्थे । उसैले भनेबमोजिम मत दिन्थे । नोट र भोटको नाता सघन देखिन्थ्यो । यस्तो गलत परिपाटीबाट आएका प्रतिनिधिले जनताको भलाइ सोच्दैन थिए । निर्वाचनअघि र पछि दुवै समय उनीहरूको ध्येय झुक्याउनेमात्रै रहन्थ्यो । जन्तुलाई जस्तो खान दिएर नागरिकलाई आफ्नो बसमा केही समय लिन्थे र काम सकिएपछि छोडिदिन्थे । थुप्रै अविकसित देशका निर्वाचनमा अभैm यस्तै स्थिति देखिन्छ ।  

जन्तीजस्तो वर्तमान 

राजनीतिक सहभागिताको दोस्रो चरणमा मानिसहरू जन्तीको स्तरमा पुग्छन् । अहिले हामी यही चरणमा छौँ । जन्ती विवाह समारोहमा बेहुलासँग उसको सहयोगार्थ खटिन्छन् । जस्तोसुकै विषम परिस्थितिमा पनि बेहुलालाई सुरक्षित र बेहुलीको साथमा घर पु¥याउनु तिनको जिम्मामा हुन्छ । विवाह अवधिमा भएका जायज/नाजायज कुरामा उनीहरू जहिल्यै बेहुलाको पक्षमा बोल्छन् । जतिसुकै राम्रो तयारी गरे पनि यो वा त्यो नभएको भनेर बेहुली पक्षलाई कमजोर देखाउनु तिनको ध्येय नै हुन्छ । 

हामी अहिले विभिन्न पार्टीका जन्ती भएका छौँं । आफ्नो पार्टीको वकालत गर्दै अरूलाई कमजोर देखाएर उनीहरूकोे विपक्षमा कुरा गर्दैछौँ । आफ्नो नेताको विजयका लागि विवाद, झगडा वा जुनसुकै रामरमितामा सुखीसाथ ओर्लन्छौ । अन्धभक्त जन्ती भइरहेका छौँ । सामान्य र अनपठ मानिसमात्र हैन यहाँ त लेखक, पत्रकार, डाक्टर, वकिल, प्राध्यापक, कलाकार, पेसाकर्मी सबैले कुनै न कुनै पार्टीका संगठन बनाउँदै सक्रिय कार्यकर्ता भएर उभिन्छौँ । आफू संलग्न पार्टीले भने जे पनि प्रजातान्त्रिक, जनभावनाअनुसारको अग्रगामी अनि प्रगतिउन्मुख भन्छौँ ।

अन्य पार्टीबाट आएका विचारलाई राम्रै भए पनि अनेकौं कटाक्ष गर्छौँ । अनि शक्तिमा भएकाहरू सार्वजनिक र विशेषगरी सरकारी संचार माध्यमसमेत दरुपयोग गर्दै आफ्नो प्रभाव बढाउन खोज्छन् । कुनै पार्टीको सदस्यताबिना स्वतन्त्र नागरिकको हैसियतमा रहने त कसैलाई रुचि वा अनुभव नै नभएजस्तो हुदैछ । केही लेखक भन्छन् — नेपालमा त जनता कोही छैनन्, सबै कार्यकर्तामात्र छन् । संभ्रान्त देशका सुसंस्कृत राजनीतिमा यस्ता अभ्यास देखिँदैनन् । 

जन्ती संस्कारले नेता जतिसुकै विकृत र भ्रष्ट भए पनि नागरिकलाई उसकोे विरोधमा जान सिकाएकै हुँदैन । यस्तो राजनीतिक सहभागितामा प्रतिनिधिहरू नागरिकप्रति उत्तरदायी रहँदैनन् । त्यसैले आन्दोलनमा सरोकार नै नभएका वा प्रदेश विवादका नाममा देश नै परदेश हुनसक्ने अति जोखिमका विषयमा पनि नेतृत्वको विरोध गर्ने ल्याकत देखिँदैन । घरका सदस्यभन्दा पाहुनाको सामथ्र्य अनि सम्मान बढी हुने विषयमा समेत प्रतिवाद हुँदैनन् । 

जन्तु वा जन्तीरूपीे राजनीतिक अभ्यासले नागरिकका इच्छा÷आकांक्षा पूरा हुँदैनन् । लेखक ऐ हेवुडका अनुसार यी दुवै सहभागिता राजनीतिलाई सही बनाउन कम उत्प्ररेणादायी हुन्छन् । नेताहरू नागरिकका लागि सकरात्मक काम गर्न बाध्य हुँदैनन् अनि चाहँदैनन् । 

जनता बन्ने खाँचो

राजनीतिक सहभागिताको उच्च समयमा नागरिक जनता हुन्छन् । भाषिक हिसाबले पनि जन्तु र जन्तीमा आधा र जनतामा पूरा न लेखिन्छ । जनता हुदाँ नागरिकहरू कुनै दल वा नेताको अन्धभक्त नभई उसको कार्यक्रम, नेतृत्व कौशल अनि क्षमतालाई मूल्याकंन गर्छन् । हाम्रोभन्दा राम्रो छनौट चाहन्छन् । 

जनताले प्रतिनिधिलाई उसको क्षमता, सोच, देशप्रतिको चिन्तन र अठोटका विषयमा मूल्याङ्कन गरेरमात्र सही वा योग्य मान्नुपर्छ । नेताले गलत गरे सामाजिक बहिष्कार र असहयोग गर्नुपर्छ । देशप्रति बेइमानी गर्नेलाई अहिंसात्मक तबरबाट दुत्कार्न सक्नुपर्छ । स्वतःस्फूर्त आन्दोलनबाट यथास्थितिको प्रतिस्थापन गर्ने साहस राख्नुपर्छ ।

नागरिक समाज तथा सञ्चार गृहले यसको नेतृत्व लिनुपर्छ । फोड्ने हैन, जोड्नेलाई रोज्नुपर्छ । नेतृत्वको विकास तथा समृद्धिका ठोस योजना अनि त्यसलाई सार्थक गर्न सक्ने ल्याकतका आधारमा मतदान अधिकारको सचेत सदुपयोग गर्नुपर्छ । लेखक माइकल एम विलसन् आफ्नो पुस्तक ‘इभ्री डे प्राब्याबलिटी एन्ड स्टाटिस्टिक्स’मा चुनावमा बाँकी प्रत्येक दिनका लागि असीम सम्भावना भएको बताउँछन् । त्यसलाई मतदाताले सदुपयोग गर्नुपर्ने तर्क गर्छन् ।   

विकसित देशका नागरिकले नेतृत्वलाई नीति हेरेर मूल्याकंन गरेका प्रशस्त उदाहरण छन् । कुनै पार्टीगत मतभेद नराखी सिंहापुरका नागरिकले ली क्वानलाई निरन्तर ३ दशक समर्थन र सहयोग गरे ।

महाथीर वीन महोमदलाई पहिले तानशाह भनियोे तर उनका कामका आधारमा समस्त मलेसिया नतमस्तक रह्यो । आधुनिक मलेसियाका पिताको रुपमा श्रदा बन्यो । नरेन्द्र मोदीको गुजरात मोडल हेरेर जनताले प्रधानमन्त्रीमा जिताए । अमेरिकाको क्षमता तथा सामथ्र्य बढोत्तरी गर्ने योजना दिएकै कारण डोनाल्ड ट्रम्पलाई अप्रत्याशितरूपमा त्यहाँका नागरिकले रुचाए । नागरिक पार्टीको हैन, उसका कार्यक्रमको हुन्छ । बाराकओबामाको स्वास्थ्य नीतिमाथि उनकै पार्टीको विमति थियो । ड्भाभिड क्यामरुनले भन्दैमा बेलायती नागरिकले युरोपियन युनियनमा रहन मानेनन् । नेता हाम्रो कि अर्काको भन्दा पनि नीति कस्तो भन्ने मूल्यांकन गरेर जनताले समर्थन वा विरोध गर्ने गर्छन् । 

जनताको हैसियतमा नागरिक रहदाँ पार्टीसमेत सचेत रहन्छन् । कुनै पनि बेला नागरिकको समर्थन समाप्त हुने भयले राम्रो गर्न खोज्छन् । तर यहाँ वर्षौंसम्म एउटा नागरिक एउटै पार्टीको हुन्छ । भोटर मात्रै भए पनि हामी कार्यकर्ता बन्दैछौं। नेतृत्वको निष्पक्ष र स्वतन्त्र मूल्याकंन गर्न चुक्तैछौं । सोचिएको सम्मुन्नति मृगतृष्णा बन्नुमा पनि विगतमा हामी जनता नभई जन्तु वा जन्तीमात्र हुनु कारक हो । 
त्यसैले,
सकरात्मक परिणामका लागि जन्तु वा जन्ती नभई नागरिकले जनता भएर राजनीतिक अभ्यास गर्नुुपर्छ । नेतृत्वको सबलता अनि विकास कार्यक्रमका आधारमा मतदान गर्नुपर्छ । देशको विकास र विनाश चाहनेलाई प्रस्ट चिन्नुपर्छ । नागरिकलाई जनता बन्न÷बनाउन सबैले पहल गर्नुपर्छ । देशले त्यतिखेर मात्र प्रगतिको यात्रा आरम्भ गर्नेछ । 
सह–प्राध्यापक, काठमाडौ स्कुल अफ ल 

   

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

कोषकी नवनियुक्त निर्देशक पुनको नियुक्ति बदर

 माघ ८,  काठमाडौँ।  उच्च अदालत पाटनले पशुपतिक्षेत्र विकास कोषका नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई नियुक्ति

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र