चुनावमा एमाले नराम्रोसँग हार्छ भन्ने प्रधानमन्त्रीको दाबी

Prachanda-Address-to-People-1-768x447

२९ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको चुनावमा एमालेले नराम्रो हार व्यहोर्ने दाबी गरेका छन् ।

माओवादी केन्द्र, ललितपुर महानगरपालिकाको पहिलो एकता सम्मेलनलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष समेत रहेका प्रचण्डले चुनावमा जान कांग्रेस र एमालेसँग एजेण्डा नै भएको बताए ।

खासगरी दोस्रो संविधानसभा चुनावको बेला घटना सम्झेर मैले भन्ने गरेको छु- मानिसहरुका ठूलठूला सभा गर्‍यौं, हामीले अभियान चलायौं, मेची महाकाली अभियान भन्यो भने हुने के रहेछ भने चुनाव हार्दो रहेछ । अँस्ती बालुवाटारमा नेपाली कांग्रेसका नेता, एमालेका नेता सबै बसेको बेलामा चर्चा भयो । पहिला गिरिजा बाबुले एकचोटी मेची-महाकाली अभियान गर्नुभएछ र नराम्रोसँग हार्नुभएछ, एमालेले जितेछ । दोस्रोपटक हामीले मेची-महाकाली अभियान गरियो र हामी नराम्रोसँग हारियो । अहिले एमालेले मेची-महाकाली अभियान गरेको छ, हेर्नुहोला सबभन्दा बढी हार्नेमा एमाले नै पर्छ ।’

‘कांग्रेस-एमाले चुनावको विपक्षमा’

संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता आफ्नो पार्टीको एजेण्डा भएको भन्दै उनले माओवादीले नजिते यी उपलब्धी धरापमा पर्ने बताए । प्रचण्डले राजतन्त्र र गणतन्त्रको फरक जनतालाई बुझाउन कार्यकर्तालाई निर्देशनसमेत दिए ।

‘मुद्दै मुद्दा भएको पार्टी माओवादी हो र मुद्दै नभएका पार्टी कांग्रेस र एमाले हुन् । उनीहरुसँग अहिले चुनावमा जाने केहि पनि मुद्दा छैन । किनकी गणतन्त्रको मुद्दा उनीहरुको होइन, संघीयता उनीहरुको होइन, धर्मनिरपेक्षता उनीहरुको होइन, समानुपातिक समावेशी उनीहरुको होइन, निर्वाचनको घोषणा पनि उनीहरुको होइन । यो स्थानीय तह बनाउने कुरामा पनि उनीहरुको नेतृत्व होइन । भनेपछि यी सबै विषयहरुमा माओवादीसँग मुद्दैमुद्दा छन्, अरुसँग मुद्दै छैन । तर यो मुद्दा हामीले एकताबद्ध भएर जनतालाई बुझाउने, जनतालाई त्यो विश्वास दिलाउने आवश्यकता छ ।’

प्रधानमन्त्री प्रचण्डले कांग्रेस-एमाले चुनावप्रति सकारात्मक नभएको आरोप समेत लगाए । माओवादी पुनर्जागरणको अभियान देखेर कांग्रेस एमालेका नेताहरु चुनाव रोक्नेतिर सक्रिय भएको दाबी गरे ।

‘अहिले विस्तृतरुपमा त भन्न सम्भव छैन । मैले बुझेसम्म यो निर्वाचनप्रति त्यति ठूलो रुची ठूला भनिएका पार्टीलाई छैन । तपाईंहरुले बाहिर सुन्दा त उनीहरु निकै नै उत्साहित छन् भन्या जस्तो पनि देख्नु सुन्नु भयो होला तर, यथार्थ त्यस्तो छैन । यसलाई कुनै तरिकाले रोक्नेतिर या दुबैले हामीसँग तालमेल गर्नेतिर असाध्यै दौडधुप भइराखेको छ,’ प्रचण्डले भने ।

गणतन्त्र र राजतन्त्रको फरक बुझाउने अवसर

माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले स्थानीय चुनाव गणतन्त्र र राजतन्त्रको फरक बुझाउने राम्रो अवसर भएको बताए । माओवादीको कारण प्राप्त उपलब्धी रक्षाका लागि एकजुट भएर चुनावमा होमिन उनले नेता-कार्यकर्ताहरुलाई निर्देशन पनि दिए ।

‘ऐतिहासिक उपलब्धीलाई संस्थागत गर्नको लागि, गणतन्त्र भनेको राम्रो चिज हो भनेर जनताई बुझाउनका लागि यो एउटा राम्रो अवसर हो । नत्र अहिलेसम्म १० वर्षमा जनताले गणतन्त्र र हिजोको बहुदलतन्त्र र हिजोको राजतन्त्रमा फरक देख्न पाएका छैनन् । अहिले हामीलाई त्यो फरक देखाउने राम्रो अवसर प्राप्त छ । त्यसकारण यसलाई त्यहीरुपमा जनतालाई बुझाउने र जनतालाई परिचालन गर्न आवश्यक छ,’ उनले भने , ‘सरकारको नेतृत्वको हैसियतले हाम्रो पार्टी अहिले नभएको भए स्थानीय तह हुँदैनथ्यो, अहिले सरकारको नेतृत्वमा हाम्रो पार्टी नभएको स्थानीय तहको निर्वाचन पनि हुँदैनथ्यो । यी परिवर्तन संस्थागत गर्ने सम्भावना थिएन । त्यसकारण पनि म कमरेडहरुलाई यसको महत्व र गरिमालाई ठीक ढंगले आत्मसाथ गर्न अपिल गर्न चाहान्छु ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी