चुडामणि शर्मासँग मिलेमतोमा राज्यलाई १ अर्ब ३० करोड ठगि गर्ने यी हुन् भिआइपी ‘ठग’

cover-chudamani-sharmaकाठमाडौं । पटक–पटक विवादमा आइरहने उद्योगी राजेन्द्र खेतान फेरी अर्को ठगि काण्ठमा मुछिएका छन् । राज्यलाई अर्बौं रुपैयाँ घाटा पु¥याएर भ्रष्टाचार आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा रहेका आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मासँगको खेतानको कनेक्शनले मुलुकलाई अर्बौं घाटा लागेको प्रमाण फेला परेको छ । तिर्नुपर्ने ‘कर’ छुट गराएर उनले राज्यमाथि अर्बौं रुपैयाँ भार पारेको भेटिएको हो ।


खेतानको स्वमित्वमा रहेको मदिरा उत्पादक कम्पनि ‘गोर्खा’ ब्रअरी, बोटलर्स नेपाल लगायत कम्पनिले राज्यलाई करिब डेढ अर्ब रुपैयाँ कर छुट लिएको भेटिएको हो ।


कर फर्छौट आयोगको प्रतिबेदन अनुसार खेतानको स्वामित्वमा रहेको गोर्खा ब्रुअरीले ८६ करोड १४ लाख १८ हजार ५ सय १ रुपैयाँ कर छुट पाएको छ । त्यस्तै खेतानकै स्वामित्वमा रहेको बोटलर्स नेपालले ४३ करोड ५० लाख ८१ हजार ६ सय ९१ रुपैयाँ कर छुट पाएको छ । यी दुवै कम्पनीको कुल जोड्दा एक अर्ब २९ करोड ६५ लाख एक सय ९२ रुपैयाँ कर छुट भएको देखिन्छ ।

गाेर्खा ब्रुअरीकाे कार्यालय


उद्योगपति खेतानको स्वामित्वमा रहेको गोर्खा ब्रअरीले चल्तिको ब्राण्ड काल्र्सवर्ग, टुवोर्ग, सान मिगल, समर्जवे लगायत बियर बजारमा विक्री गर्दै आएको छ । खेतानकै स्वामित्वमा रहेको बोटलर्स नेपालले भने कोकाकोला लगायत पेय पदार्थ बोटलिङ गर्दै आएको छ ।
व्यापारिक कम्पनिहरुले कुनै एक देशको सामान आयात गरी केही कमिशन राखी उपभोक्तालाई विक्री गर्दै आएका छन् ।

बोटलर्स नेपालले पनि कोकाकोला लगायत पेय पर्दार्थ नेपालमा त्यस्तैगरी विक्री हुँदै आएको छ । यो कुनै उत्पादनमूलक उद्योग होइन । राज्यले उत्पादनमूलक उद्योगको तुलनामा व्यापारिक कम्पनीहरुलाई करका बारेमा कठोर दृष्टिकोणले राख्ने गरेको छ । तर, चुणमणी शर्मा कर फर्छाैट आयोगको सदस्यसचिव भएपछि राज्यको नीति विपरित रणनीतिमा चलेको देखिन्छ । आयोगका तत्कालिन सदस्य सचिव शर्माले गोर्खा ब्रुअरी, बोटलर्स नेपाल मात्रै होइन अधिकांश कम्पनिले उपभोक्ताबाट असुल गरेको मूल्य अभिवृद्धि कर (भ्याट) समेत व्यापारिक कम्पनीहरुलाई छुट दिने निर्णय गरेको थियो ।

गोर्खा ब्रुअरी र बोटलर्स नेपालले तिर्नु पर्ने कर विवरण रातो घेरामा

 


सरकारले कर फर्छौट आयोग बनाउनुको लक्ष नै भिन्न थियो । उद्योग टाट पल्टिएर रुग्ण बनेको, बन्द भई अब कर उठ्दैन भनेर माया मारेको र प्राकृतिक वा अन्य दुर्घटनाजन्य कारणले समस्यामा परेकालाई कर छुट दिने हेतुले आयोग गठन गरिएको थियो । तर, आयोग भने खेतान जस्ता गिरोहको चंगुलमा फस्न पुग्यो । फलस्वरुप मदिरा व्यवसायीले समेत ठूलो मात्रामा कर छूट पाए ।

 

गाेर्खा ब्रअरीकाे स्वामित्वमा रहेकाे समर्सवे नामक बियर


खेतानद्वारा सञ्चालित गोर्खा ब्रुअरीसहित १० मदिरा कम्पनीलाई ५९ लाखदेखि ३ अर्ब २९ करोडसम्म कर छुट दिइएको छ । ती कम्पनीले ५ अर्ब २४ करोड ४६ लाख ३ हजार १ सय ८४ रुपैयाँ कर तिर्नुपर्नेमा आयोगले ५ अर्ब २० करोड २५ लाख ५२ हजार १ सय ८१ रुपैयाँ छुट दिने निर्णय गरेको देखिन्छ । यसमध्ये ७ कम्पनीहरुलाई मूल्य अभिवृद्धि कर ९भ्याट० समेत १ अर्ब २९ करोड रुपैयाँ छुट दिइएको छ ।

खेतान ग्रुपको वेभसाइटमा कोकोलाबारे उल्लेखित विवरण


राजस्व क्षेत्रका विज्ञहरु ‘कर फर्छौट ऐन २०६३ मा आयोगले गरेको निर्णयबारे अदालतले समेत बोल्न नमिल्ने व्यवस्था छ । सोही नियमपछि ठूला व्यावसायीहरुले चलखेल गरेका थिए । कर निर्धारणमा अन्याय भएको महसुस गरे करसम्बन्धी तीन तहको न्यायिक निकायमा जानुपर्छ । सुनुवाइ गर्ने निकायमा सबैभन्दा पहिले आन्तरिक राजस्व विभागका महानिर्देशक समक्ष प्रशासकीय पुनरावलोकनमा जाने हो ।

पुनरावलोकनले पनि करदातालाई चित्त बुझाउन नसके पुनरावेदन अदालतका न्यायाधीश नेतृत्वको राजस्व न्यायाधीकरणमा जाने हो । न्यायाधीकरणले पनि करदाताको पक्षमा निर्णय नगरिदिए न्याय माग्न जाने अर्को निकाय सर्वोच्च अदालत हो । यो प्रक्रिया अवज्ञा गरी बसेका करिब ६५ प्रतिशत करदातालाई आयोगले भारी रकम छुट दिएको छ । दायित्वका हिसाबले हेर्दा यसरी अटेर गर्ने करदाताले तिर्नुपर्ने रकम ९ अर्ब ७३ करोड रुपैया“ अर्थात ३१ दसमलब ८६ प्रतिशत हुन आउँछ । स्रोतका अनुसार व्यावसायीहरुले आफूलाई कर छुट गराउन ठूलो आर्थिक चलखेल गरेका थिए । आर्थिक प्रलोभनमै परेर शर्माले यस्तो निर्णय लिएका थिए । उद्योगपति खेतानले पनि शर्मालाई ठूलै रकम कमिशन दिएको स्रोतको दाबी छ ।

गोर्खा ब्रुअरीले भ्याटमा समेत ठगि गरेको छ । उसलाई करोडौं रुपैयाँ भ्याट छूट दिइएको छ ।


२०४५ सालमा बियर उद्योगमा हात हालेको खेतान समूहको बियर बजारमा एकछत्र रजाईं नै छ। नेपाली बजारको चल्तीका ब्रान्ड काल्सवर्ग, टुबोर्ग, सानमिगल र समर्सवे नामक वियर उत्पादन गरिरहेको गोर्खा ब्रुअरीको प्रमुख राजेन्द्र खेतान हुन् ।

कुनै समय संविधान सभाको सांसद समेत बन्न भ्याएका खेतान विमा ठगि प्रकरणमा मुछिएका थिए । उनी विरुद्ध दर्जनौँ मुद्दा अहिले पनि अदालतमा विचाराधिन अवस्थामा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

चीनद्वारा २८ करोड बराबरको राहत हस्तान्तरण

 कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

आज सन्दीपविरुद्धको मुद्दा सुनुवाइ हुँदै

काठमाडौँ, असोज २५ गते । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदै छ