चीनबाट काठमाडौंसम्म रेल ल्याउने विषयमा नेपाल र चीनबीच विहीबार महत्वपूर्ण सम्झौता हुँदैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डल र चीनिया पक्षबीच आज रेलसम्बन्धी महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गर्ने तयारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
चिनियाँ भूमि सिगात्सेसम्म आइपुगेको रेल काठमाडौंसम्म जोड्न चीन सहमत भएपनि लगानी लगायतका विषयमा भने टुंगो लागिसकेको छैन । सम्झौतामा लगानीको विषय पनि समेटिने समाचार श्रोतहरुले दावी गरेका छन् ।
नेपाल र चीनबीच यसबारेमा छलफल भइरहेपनि टुंगो भने अझै लागिसकेको छैन । श्रोतहरुका अनुसार लगानीमध्ये केही चीनले अनुदानमा ब्यहोर्ने र केही ऋण दिने सम्भावना छ ।
नेपालले चीनलाई सवै अनुदानमा रेलमार्ग बनाइदिन आग्रह गरेपनि चिनियाँ पक्षले शतप्रतिशत अनुदान दिन नसक्ने कुरा घुमाउरो तरिकाले जानकारी गराएको छलफलमा सहभागी नेपालका सरकारी अधिकारीहरुले बताएका छन् ।
नेपालले ऋण लिएरै भएपनि चिनियाँ रेलको परियोजना अघि बढाउने तयारी गरेको छ । तर ऋण चीन सरकारले नै दिने वा नेपालले अरु दातृ निकायँंग खोज्नुपर्ने तथा चीनले नै दिने भए ब्याजदर कति हुने लगायत कुरामा सहमति हुन बाँकी छ ।
भनेजस्तो भएमा अबको ७–८ वर्षमा काठमाडौंसम्म चिनियाँ रेल आइपुग्ने नेपाली पक्षको दावी छ । अबको बढीमा २ वर्षभित्रमा रेलको विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने, त्यसपछि काम थाल्ने र ५ वर्षसम्ममा सिगात्सेबाट काठमाडौंसम्म रेल ल्याइपुर्याउने तयारी गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
आज सहमति भए र त्यसअनुसार काम अघि बढे नेपाल र चीन रेलमार्गमा जोडिने कुरा सपना मात्र नहुने दुवै देशका सरकारी अधिकारीहरुको भनाई छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।