चिनीमा युरिया भेटिएपछि ….

खोटाङ, ३ वैशाख : दिक्तेलस्थित एक पसलबाट बिक्री गरिएको चिनीमा युरिया मल मिसिएको भेटिएपछि प्रशासनले कारवाही शुरु गरेको छ ।

sugarग्राहकले खरिद गरेको चिनीको प्याकेटमा युरिया मिसिएको भेटिएपछि पाण्डे भेराइटिजको जानकी जनरल अर्डर एण्ड सप्लायर्सका सञ्चालक मुकेश्वर पाण्डेलाई जिल्ला प्रशासन कार्यालय खोटाङमा झिकाएर कारवाही थालेको हो । उपभोक्ताको गुनासोपछि प्रशासनले चिनीमा मिसावट भए/नभएको अनुसन्धान गर्न शुक्रबार पाण्डे भेराइटिजको गोदाम र पसल सिलबन्दी गरेको थियो । पसल तथा गोदाम सिलबन्दीपछि प्रशासनले आइतबार पाण्डेलाई प्रशासनमा झिकाएर बयान लिइएको छ ।

तराईबाट मिसावट भएको चिनी ल्याइएको वा दिक्तेलमै मिसावट गरिएको भन्ने अनुसन्धानपछि मात्र पुष्टी हुने निमित्त प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदीले जानकारी दिए । उनले भने,’यदि मिसावट नै भएको पाइएमा कानून बमोजिम कारबाही हुन्छ ।’ एक ग्राहकले चिनीको प्याकेटमा युरिया मिसिएको पाएको गुनासो गरेपछि गोदाम तथा पसल सिलबन्दी गर्नुसाथैका सञ्चालक पाण्डेलाई नियन्त्रणमा लिएर तारिखमा छाडेको थियो । मिसावट भेटिएको भनिएको चिनीको बोरा दुई हप्ताअघि मात्र उदयपुरको कटारीबाट ल्याइएको सञ्चालक पाण्डेले बताएका छन् ।

दिक्तेलस्थित सल्लेरी टोलमा सञ्चालित पाण्डे भेराइटिजको गोदाम र पसलबाट यसअघि पनि उपभोक्ता ठगिएको गुनासो आउने गरेको थियो । पछिल्लो समय उपभोक्ताले प्रशासनलाई दिएको सूचनाका आधारमा प्रहरी घटनास्थल पुग्नुअघि नै मिल्काउन पठाउन लागिएको तीन बोरा चिनी र ना ५ ख ७१३० नं को ट्रक रत्नपार्कस्थित सामुदायिक सेवा केन्द्रको नियन्त्रणमा राखिएको छ ।

जिल्लाका सरकारी कार्यालयले सबैभन्दा बढी समान खरिद गर्ने पाण्डे भेराइटिजको पसलबाट गतवर्ष एक उपभोक्तालाई ठगी गरेको उजुरी भन्दै प्रशासनमा उजुरी परेको थियो । उसबेला प्रशासनले पाण्डेलाई सामान्य जरिवाना लिएर छुटकारा दिएको स्रोतले जनाएको छ । पाण्डेले कमसल जस्तापातामा गुणस्तरीय चिन्ह लगाएर, कमसल काँटीलाई गुणस्तरीय मूल्य लिएर बिक्री गर्नुका साथै विभिन्न समान खरिद गरेको भ्याट तथा पान बील उपलब्ध गराएर करोडाैं ठगी गर्ने गरेको गुनासो छ ।
रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी