नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनलाई नेपालको आर्थिक विकासको राजधानी बनाउन अब कसैले रोकेर रोकिनेवाला नरहेको बताएका छन् ।
उनले भने, “चितवन वैकल्पिक राजधानी, प्रदेशको राजधानी हुन सक्ला, नसक्ला तर आर्थिक विकासमा भने अग्रणी रहेकाले आर्थिक राजधानी बन्नचाहिँ कसैले रोकेर रोकिनेवाला छैन ।”
शुक्रबार चितवन उद्योग संघको नवौं अधिवेशनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री एवम् चितवन ३ का सांसद प्रचण्डले चितवनको समग्र विकासको वस्तुगत परिस्थितिलाई अगाडि बढाउने आफ्नो जमर्को अब जनप्रतिनिधिको हैसियतमा हुने बताए । उनले भने, “यो आर्थिक क्रान्ति र समृद्धिको युग हो । चितवन आर्थिक विकासमा अग्रणी र देशकै केन्द्रबिन्दुमा छ । रेल लाइनका लागि चितवनले कनेक्टिभिटीको भूमिका निर्वाह गर्ने भएकाले विकासको संभावना पनि बढी हुन्छ ।”
प्रचण्डले कृष्णनगरदेखि हेटौँडा हुँदै काठमाडौँ र केरुङदेखि काठमाडौँ हुँदै चितवन जोड्ने रेलमार्गका लागि भरतपुर महानगरले कनेक्टिभिटीको काम गर्ने उल्लेख गरे । उनले भने, “दुई छिमेकी भारत र चीनबीच कनेक्टिभिटीको रुपमा गरेर पाँच वर्षभित्र नयाँ युग आएकै हो भन्ने अनुभूति गराउन राजनीतिक र आर्थिक क्षेत्रबाट सबैले संकल्प गरौँ ।”
“हामीले परिवर्तनलाई संस्थागत गर्ने क्रममा संविधान निर्माणमा सहमति र समझदारीका साथ अघि बढ्यौँ । अब नयाँ नेपाल बनाउने संकल्पका साथ सबै मिलेर विकास निर्माणलाई गति दिन सकेनौँ भने देश निकै अफ्ठ्यारो पर्नेछ”, उनले भने ।
अब कसैलाई दोष देखाएर पन्छिन नमिल्ने बताउँदै प्रचण्डले थपे, “देशको विकास भएन भनेर हामीले राजालाई दोष दियौँ, दलहरुलाई दोष दियौँ, अब कसैलाई दोष दिने ठाउँ छैन । विकास र समृद्धिलाई गति दिन सकेनौँ भने हामी सबै दोषी हुनेछौँ । त्यतिबेला मुलुक निकै अप्ठेरो अवस्थामा हुनेछ ।”
उनले राजनीतिक क्रान्तिको अध्याय पूरा भइसकेको बताउँदै भने, “हिजो म प्रधानमन्त्रीको हैसियतमा थिएँ, यहाँको विकासमा मैले भूमिका खेलेँ । अब जनताको अभिमतबाट प्रतिनिधिको हैसियतमा सिंहदरबार जाँदैछु, मलाई विश्वास छ, अब आर्थिक क्रान्तिको अभिभारा पूरा गर्नेछु ।”
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।