पौष २३,चितवन : चितवनमा शनिबार र आइतबार यस वर्षकै सबैभन्दा बढी चिसो महसुस भएको छ ।
शनिबार भरतपुरको तापक्रम न्यूनतम ३ डिग्री सेल्सियस र अधिकतम ११ डिग्री सेल्सियस रहेको थियो । आइतबार न्यूनतम ३ डिग्री र अधिकतम १३ डिग्री मापन गरिएको छ ।
चिसो बढेपछि चितवनवासी चोकचोकमा आगो तापेर बसेका छन् । तराईका जिल्लाहरूमा शीतलहरका कारण मानिसहरूको मृत्यु भएका खबरहरू आइरहेका बेला चितवनवासीमा पनि त्रास बढेको छ । चिसोबाट वृद्धवृद्धा तथा बालबालिकाहरू बढी प्रभावित भएका छन् । चितवनका अस्पतालहरुमा बिरामीको चापसमेत बढेको पाइएको छ ।
केही दिनदेखि बढेको चिसो अझै पनि बढ्न सक्ने भन्दै स्वास्थ्यकर्मीहरूले सजग रहन सुझाव दिएका छन् । विशेषगरी सुत्केरी, बालबालिका र वृद्धवृद्धालाई चिसोबाट जोगाउनुपर्ने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख विजयकुमार झाले सुझाव दिएका छन् । बजारका मानिसहरू बढी मात्रामा मोटरसाइकलमा सवार गर्ने हुँदा सकभर बालबालिकालाई साथमा लिएर नहिँड्नसमेत उनले आग्रह गरे ।
प्रमुख झाले भने, “चिसो मौसममा मोटरसाइकलमा हिँड्नेहरूले विशेष सावधानी अपनाउनुपर्छ । यो समयमा भिजिविलिटी पनि कम हुने भएकोले स्पिड कन्ट्रोलमा ध्यान दिनुपर्छ ।”
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रूद्रप्रसाद मरासिनी भन्छन्, “चिसोबाट श्वासप्रश्वासको समस्या भएकाहरूलाई बढी प्रभाव पर्ने भएकोले त्यस्ता व्यक्तिहरू सकभर घरबाहिर ननिस्कँदा उचित हुन्छ । निस्कनै पर्ने बाध्यता भए पूरै जिउ ढाक्ने गरी बाक्लो कपडा लगाएरमात्रै हिँड्नुपर्छ ।”
स्वास्थ्यकर्मीहरूले न्यानोको लागि आगो बाल्दा दाउराको प्रयोग गर्नसुझाव दिएका छन् । जाडो हुनासाथ मानिसहरूले टायर, प्लास्टिकजस्ता मानव स्वास्थ्य र वायुमण्डललाई नै प्रत्यक्ष असर गर्नेखालका वस्तुहरू नबाल्न प्रमुख मेसु डा मरासिनीले सुझाएका छन् । चारकोललगायत अन्य विद्युतीय माध्यमबाट कोठा तताउन सकिने भए पनि सतर्क अपनाएरमात्रै प्रयोग गनुपर्र्ने स्वास्थ्यकर्मीहरुको आग्रह छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।