काठमाडौ । विद्यार्थीले चीट चोर्ने रोग नेपालको प्रमुख समस्या हो । यसले नेपालको शिक्षा क्षेत्र खस्किएको विज्ञहरुको विश्लेषण छ । बेला–बेलाका परीक्षामा विद्यार्थीले चीट चोरेको चर्चा नेपाल आमसञ्चारमापनि भइरहेको हुन्छ । तर यो समस्या नेपालको मात्र होइन रहेछ ।
अहिले मेक्सिकोमा विद्यार्थीको चीट विश्वभरी हासोको विषय बनेको छ । हालै ‘हाइस्कुल’का विद्यार्थीको परीक्षामा शिक्षकले विद्यार्थीले चीट चोर्न वा एक अर्कामा हेर्न पाउँन भनेर गरेको हर्कत सबैलाई सोच्न बाध्य पारेको छ । त्यहाँ लगाएको एक अनौठो नियम थाहा पाउने धेरैलाई अचम्भित बनाउँछ ।
हालै प्रशिक्षार्थीहरुले चिट नचोरुन् भनेर एक शिक्षकले उनीहरुको आँखाको दुबै पट्टी ‘कार्डबोर्ड’ लगाइदिएका थिए । तर यस्तो हर्कत गरेकोमा ती शिक्षक ‘सस्पेन्ड’ भएका छन् ।
परिक्षामा विद्यार्थीहरुले चिट चोर्ने चलन धेरै भएपछि ती शिक्षकले यस्तो गरेको बताइन्छ । स्थानीय मिडियाका अनुसार मेक्सिकोको तियाक्साला राज्यस्थित यस्तो घटना भएको हो । यस्तो घटना मिडियामा सार्वजनिक भएपछि विद्यार्थीका अभिभावकले समेत विरोध जनाएका छन् । विद्यार्थीमाथि अन्याय गरिएको उनीहरुको गुनासो छ । शिक्षकलाई कडा कारवाही गर्नुपर्ने उनीहरुको माग छ ।
घटना बाहिरिएपछि प्रहरीले पनि यसबारे अनुसन्धान गरिने जनाएको छ । यस्तै सामाजिक सञ्जालमा पनि यसबारे टिका टिप्पणी भइरहेको छ । अधिकांशले ती शिक्षकमाथि ठट्टा गर्नुका साथै आलोचना गरेका छन् ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।