चिकित्सकहरुले ओपीडी सेवा बन्द गरेर आन्दोलन गर्नु गलतः गगन थापा

काठमाडौं–सत्तारुढ नेपाली काँग्रेसका नेता एवम् पूर्व स्वास्थ्य मन्त्री गगन थापाले चिकित्सकहरुले ओपीडी सेवा बन्द गरेर आन्दोलन थालेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । Gagan-Thapa-11-768x428

पूर्वमन्त्री थापाले ओपीडी सेवानै बन्द गरेर सुरु गरिएको आन्दोलनको कार्यक्रम स्थगित गरेर समस्या समाधानका लागि संवादको थालनी गर्न पनि चिकित्सकहरुलाई सुझाव दिए । 
 सरकारले चिकित्सकबाटै क्षतिपूर्ति व्यहोराउने व्यवस्थासहितको विधेयक ल्याएको विरोधमा चिकित्सकहरुले देशभरका सरकारी अस्पतालको ओपीडी सेवा ठप्प पारेका छन् । 

सोही प्रसंग उल्लेख गर्दै पूर्व मन्त्री थापाले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा दिने सेवा बन्द गर्न चिकित्सकहरुले नमिल्ने पनि स्पष्ट पारे । 
 मंगलबार चितवनको भरतपुरमा संचारकर्मीमाझ कुरा गर्दै उनले संवादमार्फत समस्या समाधान गर्न चिकित्सकसँग आग्रह पनि गरे । 

पूर्व स्वास्थ्य मन्त्री थापाले सरकारले चिकित्सकहरुको माग सम्बोधन गर्ने कामलाई बेवास्ता नगर्ने विश्वास पनि व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जासुसी आरोपमा इरानका पूर्व सहायक रक्षा मन्त्रीलाई मृत्युदण्डको सजाय

काठमाडौं । इरानले पूर्व सहायक रक्षा मन्त्री अलीरेजा अक्बरीलाई मृत्युदण्डको सजाय दिएको छ । बेलायतका

व्यवस्थापन शिक्षामा भक्तपुरकै सर्वोत्कृष्ट र नमुना चाणक्य कलेजमा BBS को भर्ना खुल्यो

भक्तपुर – चाणक्य कलेज अफ म्यानेजमेन्ट व्यवस्थापन शिक्षामा भक्तपुरकै सर्वोत्कृष्ट र नमुना कलेज हो ।

भक्तपुर विकासको बांकी कामलाई पुर्णता दिन क.महेश बस्नेतलाई संसदमा पठाउनुपर्छ:सहदेव न्यौपाने

         क.सहदेव न्यौपाने,नेता नेकपा एमाले,भक्तपुर   भक्तपुरको सुर्यविनायक नगरपालिका ४ दधिकोटको नेकपा एमालेलेमा

मेरो उम्मेदवारी भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा हो,चन्दन कृष्ण श्रेष्ठ

चार दशकदेखि निरन्तर राजनीतिमा रहेर दर्जनौं सामाजिक संस्थाहरुको स्थापना गरि सामाजिक काममा समर्पित चन्दन कृष्ण

कम्युनिस्टहरु बिच धुर्विकरण जरुरी छ – नाम्गेल मोक्तान

नेकपा मसाल दोलखाको सेक्रेटरी,वागमती क्षेत्रीयव्युरो सदस्य मसाल निकट विभिन्न जबस तथा खुल्ला मोर्चाहरुको केन्द्रिय भुमिका

‘संसद विघटन नगरेको भए प्रचण्डले एमाले कब्जा गर्थे, हामीसँग अरु धेरै सूचना थिए’:विष्णु रिमाल

पुस ५ को कदम प्रतिगामी थियो भनेर एमालेमै बस्न मिल्दैन, पार्टीमा फरक मत छैन  २०७८