चार युवक हाम्फाले रेलबाट, तीनको मृत्यु

मंसिर ६,काठमाडौं : भारतको राजस्थानमा बेरोजगारीको भयानक पक्ष सार्वजनिक भएको छ । 

जागिर नपाएको झोंकमा चार युवकहरूले रेलबाट हाम्फालेका छन् । तीमध्ये तीन युवकको मृत्यु भएको छ । 

प्रत्यक्षदर्शीहरूका अनुसार, युवकहरूले जागिर नपाएपछि के बाँचिरहनु र भनेको सुनिएको थियो । 

अलवर जिल्लामा बस्ने ६ साथीले जागिर नपाएपछि चिन्तित भएर आत्महत्याको योजना बनाएका थिए । त्यसपछि उनीहरू शहरको एफसीआई गोदामनजिक पुगेर रेलअगाडि हाम्फाले । 

तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो भने एकजना गम्भीर घाइते भएका छन् । 

बाँकी दुई साथी चाहिँले अन्तिम समयमा आत्महत्या गर्ने सोच परिवर्तन गरे । तिनीहरूलाई प्रहरीले सोधपुछ गरिरहेको छ । 

मनोज, नारायण, राज र अभिषेक मीणा रेलअगाडि हाम्फालेका हुन् । 

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

 त्रिवि विमानस्थलमा विदेशबाट आउने यात्रुका लागि स्वघोषणा कक्ष सञ्चालन

साउन २८, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट आउने यात्रुका लागि मालवस्तुको स्वघोषणा कक्ष सञ्चालनमा

एक वर्षमा वैदेशिक रोजगारीमा जान ७ लाख बढी नेपालीले लिए श्रम स्वीकृति

८ वैशाख,काठमाडौं। बितेको २०७९ सालमा वैदेशिक रोजगारिमा जाने नेपालिहरुको संख्या सात लाख नाघेको छ। गत

वैदेशिक रोजगारीमा गएकाहरुलाई निशुल्क स्वास्थ्य सम्बन्धी परामर्श सेवा प्रदान गरिने

  १५चैत,काठमाडौं । वैदेशिक रोजगार बोर्डले आजबाट टेलिमेडिसिन सेवा सुरु गरेको छ। वैदेशिक रोजगारीमा गएका

मानव तस्कर गिरोहद्धारा दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार

९ चैत,काठमाडौँ । मानव तस्करीका गिरोहले दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार गरिएको छ । सुर्खेतको

प्रधानमन्त्री दाहालले देशकै वेइज्जत गरेकोमा प्रवासी नेपाली मञ्चद्वारा खेद व्यक्त

१६ फागुन, काठमाडौं । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति खेद व्यक्त