May 19, 2019

चलचित्रको विश्व मञ्च ‘कान्स फिल्म फेस्टिभल’मा नायिका प्रियंकाको सहभागी

५ जेठ , काठमाडौं : ‘कान्स फिल्म फेस्टिभल’ चलचित्र दुनियाँको एक उत्कृष्ट पर्व मानिन्छ । जसमा बलिउडदेखि हलिउडसम्मका कलाकारहरु सहभागी हुन्छन् ।

Image result for priyanka karki bold photo

विश्वकै प्रतिष्ठित यस फेस्टिभलमा अहिलेसम्म नेपालबाट भने कोही सहभागी भएका छैनन् । तर यसपाली नायिका प्रियंका कार्की उक्त फेष्टिभलमा सहभागी हुने भएकी छिन् । उनी फ्रान्समा हुने यसै महोत्सवमा भाग लिन आईतबार फ्रान्स जाँदैछिन् ।

प्रियंकाले यस महोत्सवका लागि आफू निकै उत्साहित भएको बताएकी छन् । उनले नेपाली कला र संस्कृतीलाई विश्वसामु चिनाउन यो राम्रो प्ल्याटफर्म भएको उल्लेख गरेकी छन् ।

‘कान्स फिल्म फेस्टिभल’मा आफू चारवटा इभेन्ट्स्मा सहभागी हुने उनले जानकारी दिएकी छन् । ती हुन्, नर्वेजियन फिल्म फेस्टिभल, बुक लञ्च, माइकल ज्याक्सनलाई दिइने ट्रिब्यूट र गाला डिनर । 

उक्त कार्यक्रममा प्रियंका नेपाली डिजाइनर सिवांगी प्रधानले डिजाइन गरेको पहिरनमा सजिनेछिन् । यही मञ्चमा हलिउड र बलिउडका चर्चित हस्तिहरु सहभागी हुनेछन्, जहाँ प्रियंकाका लागि उनीहरुसँगको घुलमिलको एउटा राम्रो अवसर हुनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको