चराको आवाज निकालेर एकअर्कासँग संवाद गर्छन् यहाँका मानिस !

संसारभरि मानिस फरक फरक भाषाको प्रयोग गर्छन् । पशु, पक्षी र अन्य प्राणी पनि फरक फरक आवाज निकालेर संवाद गर्छन् । तर संसारमा यस्तो पनि ठाउँ छ जहाँका मानिस सिट्ठी बजाएर अर्थात् चराको आवाज निकालेर संवाद गर्छन् । 

यूनिसेफले टर्कीको एक भागमा बोलिने चराको भाषालाई सम्पदा सूचीमा राखेको छ र यसको संरक्षण आवश्यक रहेको बताएको छ । त्यसपछि संसारको ध्यान यस अनौठो भाषामा गयो । 

उत्तरी टर्कीको गिरेसुन प्रान्तका गाउँमा बस्ने लगभग १० हजार मानिसले यो सुन्दर भाषालाई जोगाइरहेका छन् । अग्ला पहाडका दुर्गम बस्तीमा बस्ने मानिस टाढासम्म आफ्नो कुरा पु–याउनका लागि चरोको जस्तो तीखो आवाज निकाल्छन् । 

कृष्ण सागरको तटमा रहेको पर्वतीय इलाकामा सिट्ठी बजाएर उनीहरू टाढाटाढासम्म सन्देश पु–याउँछन् । यूनेस्कोका अनुसार, मोबाइल फोनको बढ्दो प्रयोगले पहाडी क्षेत्रमा तीनदेखि पाँच किलोमिटर परसम्म सुनिने यो बोलीलाई अप्ठ्यारो पारेको छ । तर अनेक उपाय लगाएर यसलाई संरक्षण गर्ने कोशिश जारी छ । 

बाटो हराएको मानिस वा आपतमा परेको मानिसलाई सही दिशा पहिल्याउनका लागि सिट्ठी बोलीको प्रयोग उपयोगी हुने गरेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता

काठमाडौँ,  कात्तिक १३ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो

काठमाडौ  भदौ २९ गते ।  केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा

भक्तपुरको लोकन्थलीमा रहेको मझेरी क्याफेबाट लाखौं नगद सहित १६ जुवाडे पक्राउ

९ चैत,भक्तपुर । मध्यपुर थिमि वडा नं. १ लोकन्थलीमा रहेको मझेरी क्याफेमा जुवा (तास) खेलिरहेका

लोकसेवा आयोगको स्वीकृति बेगर अनधिकृत रूपमा ५२२ जना कार्यकर्ता भर्ती गर्दै गठबन्धन सरकार

काठमाडौँ, ३० साउन । गठबन्धन सरकारले ६ वटा मन्त्रालयका लागि ५ सय २२ अस्थायी दरबन्दी