चम्किए नेईमार, अव ब्राजिल र बेल्जियमको प्रतिस्पर्धा

prtpnbtqkacoxl1g2fog_Onmfdk8uYV

उनले पहिलो हाफ गोलरहित रहेको अवस्थामा ब्राजिलका लागि गोल गरेर अग्रता दिलाएका थिए । नेइमार खेलको म्यान अफ द म्याच बनेका थिए । जारी विश्वकपमा नेइमारले दोस्रो गोल गरेका हुन्। खेलको ८८औँ मिनेटमा नेइमारको पासमा सब्सिच्युट खेलाडीका रुपमा मैदान छिरेका रोबर्ट फिरिमिनोका लागि उत्कृष्ट पास उपलब्ध गराए ।

रोबर्टले नेइमारको पासलाई गोलमा परिणत गरेका थिए। केही अवसर सिर्जना गरेपनि डिफेन्डिङ च्याम्पियन जर्मनीलाई समूहचरणमा पराजित गरेर नकआउट चरणमा पुगेको मेक्सिकोले गोल गर्न सकेन । यो पराजयसँगै मेक्सिकोको विश्वकप २०१८ को यात्रा टुंगिएको छ ।
यसैबिच विश्वकप नकआउट चरणमा बलियो मानिएको बेल्जियमले एसियाली प्रतियोगी जापानविरुद्ध कठिन जीत निकालेको छ । बेल्जियमले खेल आफ्नो पक्षमा निर्णायक बनाउन खेलको अन्तिम मिनेटसम्म संघर्ष गर्नुर्पयो ।

खेल एक समयमा जापानले २(० गोलले बेल्जियमसँग अग्रता बनाएको थियो। जापानका लागि सुरुमै दुई गोल गर्ने क्रममा गेनकी हारागुचीले ४८औँ र टाकासी इनुले ५१औँ मिनेटमा दोस्रो गोल प्रहार गरेर खेलमा दुई शुन्नाको अग्रता कायम गरेका थिए। तीन मिनेटभित्र दुई गोल खाएको बेल्जिमले खेलमा फर्कन कठिन संघर्ष गर्नुर्पयो

बेल्जियमका लागि जन भेर्टङ्गनले ६९औँ मिनेटमा गोल गरे। त्यसपछि मारोउने फिलाइनीले ७४ औँ मिनेटमा गोल गरेर जापानसँग बराबरी गरे। खेलमा विजयी गोल गर्नुपहिले बेल्जियमले जापानका केही उत्कृष्ट प्रहारको सामना गर्नुर्पयो र उसका केही राम्रा प्रहार जापानका गोलकिपरले विफल बनाइदिए । निर्धारित ९० मिनेटमा बराबरीमा सकिएको खेलमा चार मिनेट अतिरिक्त समय थपिएको थियो। जसको चौथो मिनेटमा नासेर चडलीले विजयी गोल गरे। जापानको यो पराजयसँगै विश्वकप यात्रा टुंगिएको छ ।

जापान विश्वपकको इतिहासमा पहिलोपटक प्रयोगमा आएको फेयरप्ले निर्णयका आधारमा नकआउट चरणमा पुगेको थियो। समूहचरणमा सेनेगल र जापानको अंक र गोल बराबरी भएपछि खेलको निर्णय फेयरप्लेबाट लिइएको थियो। बेल्जियमले क्वाटरफाइनलमा अब ब्राजिलको सामना गर्नुपर्ने भएको छ । ब्राजिल र बेल्जियमको नकआउट चरण खेल असार २२ गते हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल