August 17, 2019

 चन्द्रागिरिमा ‘मदन भण्डारी स्मृति पार्क’

काठमाडौँ, ३२ साउन । चन्द्रागिरि नगरपालिका–१३ मा ‘मदन भण्डारी स्मृति पार्क’ निर्माण हुने भएको छ । काठमाडौँ महानगरपालिका र चन्द्रागिरि नगरपालिकाको साझेदारीमा उक्त उद्यान निर्माण हुन लागेको हो ।

काठमाडौँ महानगरपालिकाको एक करोड तथा चन्द्रागिरि नगरपालिकाको एक करोड लागतमा उक्त उद्यान बन्न लागेको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिए ।

‘काठमाडौँ महानगरपालिकाले प्रत्येक नगरपालिकालाई पार्क निर्माणका लागि एक करोड विनियोजन गरेसँगै मदन भण्डारी उद्यान निर्माण गर्न लागेका हौँ’, उनले भने । उक्त उद्यानको बिहीबार शिलान्यास गरिएको छ ।

चन्द्रागिरि नगरपालिकाको पर्यटकीय विकासका लागि केवुल कार, कालु पाण्डे समाधी स्थल, मातातीर्थलगायतले सहयोग पुग्ने उनको भनाइ थियो । उद्यान निर्माणसँगै चन्द्रागिरि नगरपालिकाको पर्यटनमा थप सहयोग पुग्ने गिरीले बताए । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ,  असोज १५ गते । नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको