घुस रकमसहित सहायक रजिष्टार गीताकुमारी पन्थी अख्तियारको फन्दामा

१ माघ,काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कम्पनी रजिष्टारको कार्याले त्रिपुरेश्वरकी सहायक रजिष्टार गीताकुमारी पन्थी र उनकी छोरी पोषण पन्थीलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिएको रकमसहित रंगेहात पक्राउ गरेको छ । 

आयोगको टोलीले आमा–छोरीलाई  काठमाडौं महानगरपालिका वडा नं.१४ स्थित एन.एम.बि। बैङ्कको पार्किङ्गबाट सोमबार पक्राउ गरेको आयोगका  प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । उनका अनुसार आमा–छोरीले सेवाग्राहीसँग घुस लिने गरेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले उनीमाथि निगरानी गरिरहेको बेला घुरसहित रंगेहात पक्राउ गरिएको हो । 

आयोगले मंगलबार जारी गरेको विज्ञप्तिः

कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वर, काठमाडौंका सहायक रजिष्टार गीता कुमारी पन्थीले कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा दर्ता रहेको स्कुलको हालसम्म बाँकी रहेको कर तिर्न जाँदा राजश्व रकम कम गरिदिने बहानामा सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिई गएको टोलीले निज सहायक रजिष्टार गीता कुमारी पन्थीले सेवाग्राहीसँग रू.१,००,०००। (एक लाख) घुसबापतको रकम लिई निजकी छोरी पोषण पन्थीलाई राख्न दिएको अवस्थामा निजहरू दुवै जनालाई काठमाडौं महानगरपालिका वडा नं.१४ स्थित एन.एम.बि. बैङ्कको पार्किङ्गबाट मिति २०७५।९।३० गते नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

रामेश्वर दंगाल
सहसचिव एवं प्रवक्ता

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी