क्यानाडामा जारी ग्लोबल टि-२० अन्तर्गत नेपाली युवा स्पिनर सन्दीप लामिछानेले मोन्ट्रियाल टाइगर्सको जितमा ३ विकेट लिएका छन् ।
टस जितेर पहिले बलिङ रोजेको मोन्ट्रियालले वेष्ट इन्डिज ‘बि’लाई २० ओभरमा १ सय ६२ रनमा रोक्न सफल भयो । टोलीका लागि सन्दीपले सर्वाधिक ३ विकेट लिए । उनले टप-अर्डरकै तीनवटा ब्याट्सम्यानका विकेट लिएका थिए । ४ ओभर बलिङ गर्दै ३१ खर्चिएका थिए । उनले १३ डट बल पनि फालेका थिए ।
जवाफमा १ सय ६३ रनको लक्ष्य मोन्ट्रियालले १८ औं ओभरमै पुरा गर्न सफल रह्यो । मोन्ट्रियालका लागि सुनिल नारनले ओपनिङ गर्दै विष्फोटक ६१ रन बनाएका थिए । ६ टोली सम्मिलित प्रतियोगितामा मोन्ट्रियालको यो दोस्रो जित हो ।
आफूले खेलेका ५ खेलमा सन्दीपले ८ विकेट लिएका छन् । पहिलो ३ खेलमा १-१ विकेट लिएका सन्दीपले अघिल्लो खेलमा २ विकेट लिएका थिए । १ खेल कम खेलेका सन्दीप प्रतियोगिताको सर्वाधिक विकेट लिने सुचीमा छैठौं स्थानमा छन् ।
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।
फागुन ७,काठमाडौं। सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनामा नौ हजार ३८८ जना पीडित
फागुन ५, दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका-१ स्थित मित्रता माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत
माघ २४,धनगढी। कैलालीमा संवेदनशील चुरे क्षेत्रलाई गम्भीर असर पुग्नेगरी नदीनाला दोहन भइरहेको छ । भावर क्षेत्रबाट मापदण्डविपरीत
सिन्धुपाल्चोक, माघ२१ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘राष्ट्रव्यापी दबाब अभियान’सुरुआत गर्ने भएको छ