ग्यास बुलेट पल्टिँदा दुई जनाको मृत्यु

 काठमाडौँ ,कार्तिक २५ : धादिङको बेनीघाटमा ग्यास बुलेट पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

आइतबार बिहान धादिङको बेनिघाट रोराङ गाउँपालिका– ५, बिशालटारमा भारतीय ग्यास बुलेट पल्टँदा भएको आगलागीमा परेर सोही वडाकी वडा सदस्य गीता नेपाली र उनकी छोरी सुनिता नेपालीको मृत्यु भएको हो।

बाराबाट काठमाडौँ आउँदै गरेको उक्त ग्यास बुलेट अनियन्त्रित भइ दुर्घटना हुन पुगेको प्रहरीले जनाएको छ। उक्त ग्यास बुलेट पल्टँदा आगलागी भएको र सडकमा हिँडिरहका नेपालीका आमाछोरीको सोही आगलागीमा परेर मृत्यु भएको बेनीघाट प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक रामु पुरीले बताए।

दुर्घटनामा चालक र अर्का एक जना पुरुष सामान्य धाइते बनेको र उनीहरुको स्थानीय प्राथमिक उपचार केन्द्रमा उपचारपछि घर फर्कसकेको प्रहरी सहायक निरीक्षक पुरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने