गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य पुनः सुचारु हुने भएको छ।
गत जेठ १५ गते रंगशाला निर्माणका क्रममा लगाएको बार स्थानीयवासीले भत्काएपछि धुर्मुश–सुन्तली फाउण्डेसनले काम रोकेको थियो।
बिहीबार एक विज्ञप्ती जारी गर्दै फाउण्डेसनले रंगशाला निर्माण कार्य पुनः सुचारु गर्ने जनाएको छ।
विज्ञप्तीमा लेखिएको छ, ‘परियोजना सुचारु गर्नका लागि चितवन जिल्लाको तर्फबाट गठित सर्वपक्षिय ५ हजार १ सदस्यिय मुल सहयोग समतिको सचिवालय बैठकले रंगशाला निर्माणका लागि पटक पटक गरेको आह्वानसाथै जिल्लाबाट वातावरण सहज भएको प्रतिवद्धता व्यक्त भएपश्चात हामीले रंगशालाको कामलाई निरन्तरता दिने निर्णय गरेका छौं। हामी स्मरण गराउन चाहन्छौं, हामीले निः स्वार्थ, राष्ट्रभाव र सामाजिक दायित्व बोध गरी आफ्ना सबै निजी लाभका विषयलाई भन्दा देशको विकासलाई शिरोपर गरी सबैको भावनालाई सम्मान गर्दै हरेक परियोजनाको नेतृत्व गरेको हौं। हामीमा एउटै स्वार्थ छ, नेपाली भूमिमा सबैको साथ र सहयोगबाट निर्मित हाम्रो आफ्नै अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला हुनुपर्छ।’
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।