सुन तस्करीका मुख्य नाइके गोरेले सुन तस्करीमा संलग्न अन्य व्यक्तिहरुको नाम लिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भएको करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ ले तस्करी संलग्न अन्य व्यक्तिहरुको समेत नाम लिएका हुन् ।
प्रकरणको अनुसन्धान गर्न गठित छानबिन समितिले गोरेले प्रकरणमा प्रतिवादी बनाइएका ६५ जना बाहेक अन्य व्यक्तिको बारेमा समेत मुख खोलेको जनाएको हो ।
मंगलबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै समितिका संयोजक ईश्वरप्रसाद पौडेलले भने, ‘उप्रेतीसँग प्रारम्भिक सोधपुछ गर्ने क्रममा प्रवितादी बनाइएका ६५ जना अभियुक्तहरुको कसुरलाई पुष्ट्याइँ गर्ने प्रमाण र तथ्य दिएका छन् । त्यसबाहेक अन्य व्यक्तिहरुको पनि सूचना प्राप्त भएको छ ।’
‘उप्रेतीबाट प्राप्त सूचनालाई हामीले सुक्ष्म अनुसन्धान र विश्लेषण गरिरहेका छौं’, पौडेलले भने । पक्राउ परेका गोरेलाई मंगलबारै जिल्ला अदालत, मोरङ पेश गर्ने तयारी गरिएको छ ।
उनको स्वास्थ्य परीक्षणपछि आजै बिराटनगर लगिनेछ ।
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने