गैंडाकोटमा रोकिराखेका दुई ट्रकमा आगजनी

 
 

नवलपरासी, साउन २९ । नवलपरासीमा सोमबार राति १ बजेतिर चार जनाको समूहले रोकिराखेको दुई ट्रकमा आगजनी गरेको छ ।पूर्वीनवलपरासीको गैंडाकोटमा रोकिराखेका ना२ख २५४८ र ना२ख ८४८७ नम्बरको दुई ट्रकमा सोमबार राति करिब १ बजेतिर चार जनाको अज्ञात समुहले आगजनी गरेका हुन् ।गैंडाकोटको महेन्द्र पेट्रोलपम्प नजिकै रोकिराखेका पराल बोकेका दुई ट्रकमा भएको आगजनी प्रहरीले सिसिटिभीमार्फत देखेपछि तत्कालै पुगेर आगो नियन्त्रणमा लिएको हो ।

प्रहरीले आगजनीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता भएको हुनसक्ने अनुमान गरेको छ ।मंगलबार नेकपाले आफ्ना खड्गबहादुर विश्वकर्मा लगायतका नेताकार्यकर्ता पक्राउ परेको विरोधमा नेपालबन्द आयोजना गरेका कारण प्रहरीले नेकपाका कार्यकर्ताले आगो लगाएको हुनसक्ने आशंका गरेको हो।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा