‘गेम अफ थ्रोन्स’का ‘मास्टरमाइन्ड’

एचबीओ च्यानलमा आइतबार ‘गेम अफ थ्रोन्स’ सिरिज आइरहँदा संसारभरिका मान्छे टिभीअघि झुन्डिन्छन् । विश्वभर एकैपटक सबैभन्दा धेरै हेरिएको सिरिज बन्न सफल ‘गेम अफ थ्रोन्स’ सामाजिक सञ्जालमा हरेक हप्ता ट्रेन्डिङ बन्छ । त्यो देख्दा मूल लेखक जर्ज आरआर मार्टिनको मनमा के खेल्दो हो ?

उनले कतै भनेका थिए, “आफ्नो सन्तानले विश्वभर नाम कमाउँदा एउटा पिता वा मातालाई कस्तो अनुभव हुन्छ होला ? मलाई त्यस्तै खुसी लाग्छ र फुरुंग हुन्छु ।”

जर्ज मार्टिनको पुस्तकमा आधारित रहेर बनेको ‘गेम अफ थ्रोन्स’का सात वटै संस्करण एक से एक ‘ब्लकबस्टर’ छन् । कथाभित्रका घटनालाई लिएर ‘टाइम’, ‘न्युयोर्क टाइम्स’जस्ता संस्थाले समाचार बनाउँछन् ।

‘गेम अफ थ्रोन्स’ डीबी विस र डेभिड बिनोफको अवधारणामा बनेको हो । सुरुमा विस र बिनोफले ‘अ सङ अफ आइस एन्ड फायर’ पुस्तकमा आधारित सिरिज बनाउन अनुमति लिन जाँदा मार्टिनले अस्वीकार गरेका थिए । आफूले सोधेको प्रश्नको सही उत्तर दिन सकेमात्र त्यसलाई नाटक बनाउने दिने सर्त उनको थियो । संयोगवश डेभिडले उत्तर मिलाए र मार्टिने अनुमति दिए ।

‘गेम अफ थ्रोन्स’को मूल पुस्तक पहिलो पटक सन् १९९६ मा प्रकाशित भएको थियो । ‘अ सङ अफ आइस एन्ड फायर’ सिरिजमा प्रकाशित यो पुस्तकले सन् १९९७ मा ‘लोकस अवार्ड’ पाएको थियो । ट्रियोलोजीको योजना भए पनि यो धाराबाहिक ७ संस्करणसम्म लम्बियो र सातौं सिजन भर्खरै सकिएको छ । मार्टिनले यसमा सह–कार्यकारी निर्माताको भूमिका निर्वाह गरेका छन् । उनले चार भागको पटकथा पनि लेखेका थिए ।

‘गेम अफ थ्रोन्स’ पहिलो वर्ष प्रसारित हुँदा १३ वटा एमी अवार्डका लागि मनोनयनमा परेको थियो । त्यतिखेर यसले दुई वटा अवार्ड पाएको थियो । सन् २०१२ मा ‘ह्युगो अवार्ड’का लागि पनि मनोनयनमा परेको थियो । लेखक मार्टिनले पनि थुप्र्रै पुरस्कारहरू प्राप्त गरेका छन् ।

‘गेम अफ थ्रोन्स’मा प्राचीनकालीन कथा छ । यो नितान्त श्वेरकाल्पिनक नाटक हो । मान्छे–मान्छे र परिवार–परिवारबीचको लडाइँसँगै षड्यन्त्रका तानाबाना यसमा देखाइन्छ । यौन पनि प्रधान विषय हो ।

लेखन यात्रा

मार्टिनको पूरा नाम जर्ज रेमन्ड रिर्चाड मार्टिन हो । उनी सन् १९४८ मा न्यु जर्सीको वियोनमा जन्मेका हुन् । उनका बुवा इटालियन र आमा आइरिस हुन् ।

मार्टिनले २१ वर्षको उमरबाटै लेखन यात्रा सुरु गरेका हुन् । उनको पहिलो कथा ‘द हिरो’ हो, जुन ‘ग्यालेक्सी’ नामक पत्रिकामा (सन् १९७१) प्रकाशित भएको थियो । ‘ह्युगो अवार्ड’ र ‘नेबुला अवार्ड’मा परेको उनको पहिलो कथा ‘विथ मर्निङ्स कम मिस्टफल’ जुन १९७३ मा ‘एनालग’ पत्रिकामा प्रकाशित भएको थियो ।

मार्टिन विज्ञान, श्वेरपरिकल्पना र हरर विषयमा बढी लेख्छन् । मार्टिनको कामलाई कदर गर्र्दै ‘लस एन्जलस टाइम्स’ले लेखेको छ, “मार्टिनका कथा जटिल विषयवस्तु, आकर्षक चरित्र, उत्कृष्ट संवाद र उत्तम गतिले भरिपूर्ण हुन्छन् ।”

मार्टिनको पहिलो उपन्यास ‘डाइङ अफ द लाइट’ले उनको लेखन करिअरलाई दिशा दिएको हो । यो कथा अलि भावुक खालको छ । उनका प्रायः कथाहरू उदास र भावुक पाइन्छन् । उनको कथाका अधिकांश पात्रहरु बहुमुखी हुन्छन्, जसलाई बुझ्न कठिन हुन्छ । पात्रहरू महत्वाकांक्षी हुन्छन् । उनका कथाहरूमा सामाजिक गतिशीलता पाइन्छ ।

एक समय मार्टिन टिभीमा आफ्ना कुनै पनि नाटक प्रसारण नभएका कारण हतोत्साहितसमेत भएका थिए । त्यसले उनलाई जतिसक्यो लेख्न हौस्यायो पनि । त्यही चरणमा उनले ‘अ गेम अफ थ्रोन्स’ जन्मायो र जीवनले नै कोल्टे फे¥यो । 

व्यक्तिगत जीवन

सन् १९७० को आरम्भमा मार्टिनको सम्बन्ध लिजा टटलसँग थियो । उनीसँगको सहकार्यमा मार्टिनले ‘विन्डह्यावेन’ नामक पुस्तक लेखे । त्यसपछि एउटा विज्ञान सम्मेलनमा मार्टिनको भेट गेल बर्निकसँग भयो । सन् १९७५ मा उनीहरूको विवाह भयो । तर, कुनै कारणबिनै उनीहरूले १९७९ मा सम्बन्ध बिच्छेद गरे । सन् २०११ मा मार्टिनले लामो समयदेखिको साथी पेरिस म्याक ब्राइडसँग सानो जमघटमा विवाह गरे । सन् २०११ अगस्ट १९ का दिन दुबैले पुनः ठूलो भोज आयोजना गरेर विवाहको घोषणा गरे ।

मार्टिनको धर्मलाई लिएर धेरैले धेर प्रश्न गरिरहन्छन् । उत्तरमा उनी भन्छन्, “म आफूलाई खसेको क्याथोलिक ठान्छु, तपाईंहरुले मलाई नास्तिक अथवा धार्मिकको रूपमा लिन सक्नु हुन्छ । म धर्म र संस्कृतिलाई मनोरञ्जनको रूपमा मात्र लिन्छु ।”

आफ्नो जीवनै लेखनमा समर्पित गरेका मार्टिनले थुप्रै पुरस्कारहरू पाएका छन् । तीमध्ये सन् १९७५ मा ‘अ सङ फर ल्या’का लागि पाएको ‘ह्युगो अवार्ड’लाई उनी महत्वपूर्ण ठान्छन् । त्यससँगै उत्कृष्ट लघु उपन्यासका लागि उनले ‘स्यान्ड किङ’बाट ‘नेबुला अवार्ड’ र ‘ह्युगो अवार्ड’ पाएका छन् । ‘द वे अफ क्रस एन्ड ड्र्यागन’लाई सबैभन्दा छोटो उत्कृष्ट कथाको लागि ‘हुगो अवार्ड’ दिइएको छ । ‘गेम अफ थ्रोन्स’बाट पनि उनले थुप्रै पुरस्कार पाएका छन् ।

टेलिभिजनमा मार्टिन

मार्टिन उपन्याससँगै टेलिभिजनमा पनि उतिकै सक्रिय छन् । उनले लेखेका धेरै नाटकहरू टेलिभिजनबाट प्रसारण हुने गरेका छन् । ‘द लास्ट डिफेन्डर अफ क्यामलेट’, ‘द वन्स एन्ड फ्युचर किङ’, ‘द ससर अफ लोन्लिनेस’ लगायत विभिन्न नाटक तथा टेलिसिरियलमा उनको योगदान छ ।

पछिल्लो उपन्यास

मार्टिनको पछिल्लो उपन्यास ‘द विन्ड्स अफ विन्टर’ हो । यसका २ वटा भाग १ हजार ५ सयभन्दा बढी पृष्ठका छन् । यो उपन्यास सन् २०१७ मा प्रकाशन भएको हो । यसलाई धेरै पाठकले रुचाएका छन् । यो उपन्यासलाई पुस्तक प्रदर्शनीमासमेत राखिएको थियो ।

कमिक्सका प्रशंसक

मार्टिन कमिक्सअरु अत्यधिक पढ्थे । उनी कमिक्स पढेर हुर्किएका हुन् । अहिले पनि उनीसँग कमिक्सहरूको संकलन छ । यसले पनि उनलाई युवावयमै लेखक बन्न हौस्याएको हो ।

बाल्यकालमा उनी धेरैजसो समय राक्षसी कथाहरू पढ्थे । आफूले पढिसकेर छिमेकका बच्चाहरूलाई बेच्थे । पछि उनीहरूले नराम्रा सपना देख्न थालेको गुनासो बढेपछि यो क्रम बन्द भयो ।

प्रस्तुति : रुमु न्यौपाने

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण

लुम्बिनीको तथ्य र सत्यको  विषयमा विश्वको ध्यान पुग्नु जरुरी: ओली

 २०८० वैशाख २२, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिद्धार्थ गौतम बुद्धको जन्मस्थल