साउन १७, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकमा गृहमन्त्री रामबहादुर थापासँग नियमावलीको नियम २१९ अनुसार प्रश्न सोध्ने समय दिन गरेको आग्रहलाई सभामुखले अस्वीकार गरेपछि कांग्रेसका सांसदहरु बैठक छोडेर निस्किएका हुन्। कन्चनपुर घटनाबारे जानकारी गराएपछि प्रश्न सोध्न नदिई सभामुखले परराष्टमन्त्री प्रदीप ज्ञवालीलाई समय दिएका थिए। त्यसपछि पनि सभामुखले प्रश्नउत्तरको लागि समय नदिएपछि कांग्रेसका सांसदहरूले उभिएर नियमापत्ति गरे। सांसद डाक्टर मीनेन्द्र रिजालले प्रतिनिधिसभा नियमावलीको नियम २१९ मा भएको व्यवस्थाअनुसार मन्त्रीले दिएको अभिव्यक्तिप्रति प्रश्न सोध्न सक्ने प्रावधान रहेको भन्दै सोहीबमोजिम समय उपलब्ध गराउन माग गरेका थिए। यस नियमावलीमा मन्त्रीसँग सार्वजनिक महत्वका विषयमा सवाल जवाफ गर्न पाइने भन्ने उल्लेख छ। रिजालले भने, ‘सभामुख महोदय यो स्वविवेकीय अधिकार होइन महोदय, प्रश्न सोध्न पाइन्छ।’ प्रतिपक्षी दलका सांसदहरु उभिरहेकै समयमा सभामुख महराले नियमावलीको नियम १५ पढेर सुनाएका थिए। विशेष समय र शून्य समयमा उठेका प्रश्नको सवालमा मन्त्रीसँग प्रश्न उत्तरको व्यवस्था नभएको र गृहमन्त्रीको जवाफ नियम १५ अन्तर्गतको भएको भन्दै आसन ग्रहण गर्न आग्रह गरेका थिए। सभामुखले सम्झाए २०४८ सभामुख कृष्णबहादुर महाराले कांग्रेसको बैठक बहिष्कारको घटनालाई २०४८ सालको घटनासँग जोडेका थिए। उनले त्यसबेला आफूपनि सांसद रहेको तर जनमोर्चाले बैठक बहिष्कार गर्दा पनि कांग्रेसले बैठक जारी राखेको स्मरण गराए। उनले यस घटनामा कांग्रेसले गर्न नहुने काम गरेको पनि सभामुख महराले बताए। महराले संसदबाट प्रमुख प्रतिपक्षीले मात्रै सदन छोडेको र प्रतिपक्षी भने संसदमा रहेको जानकारी दिए। कांग्रेसको अवरोधबीच सभामुखले सबै १० वटा विषयगत समितिमा रहेका सांसदहरुको नाम पारित भएको पनि घोषणा गरेका थिए। त्यसपछि सभामुखले कार्यसूचीमा रहेको अर्को कार्याक्रम बीमा विधेयक प्रस्तुत गर्नका लागि अर्थमन्त्रीलाई समय दिएपछि कांग्रेसका सांसहरु बैठक बहिष्कार गरी बाहिरिएका थिए। प्रतिपक्षी दलका सांसदको बहिष्कारका बीच अर्थमन्त्री डाक्टर युवराज खतिवडाले राखेको बिमा विधेयक २०७५ विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गर्यो। त्यसपछि गृहमन्त्री रामबहादुर थापाले अन्तराष्ट्रिय आतंकवाद, अन्तरदेशीय संगठित अपराध र अबैध लागुऔषध कारोबारविरुद्ध सहयोगसम्बन्धी विमस्टेक महासन्धि प्रस्तुत गरेका थिए। अर्को बैठक शुक्रबार अपरान्ह १ बजेका लागि बोलाइएको छ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक
फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक
माघ २२,काठमाडौँ,। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद्मा गहकिलो ढङ्गले गलत