नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्याबारे सत्तारुढ नेकपाका सांसदले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग स्पष्टीकरण माग गरेका छन् ।
दोहोरो मुठभेडमा मारिएको भन्ने गृहमन्त्रीको अभिव्यक्ति विश्वासयोग्य नभएको भन्दै उनीहरूले घटनाको गहिरो छानबिनको माग गरेका छन् । प्रतिनिधि सभाको राज्य व्यवस्था समितिको सोमवार बसेको बैठकमा गृहमन्त्री थापाले मुठभेडको क्रममा पौडेलको मृत्यु भएको बताएका थिए ।
नेकपाका प्रभावशाली नेता एवं सांसद जनार्दन शर्माले सर्लाही घटना गम्भीर भएको बताए । ‘गृहमन्त्रीको औपचारिक रिपोर्ट सुनियो । प्रहरीले मुठभेडमा भनेको छ, प्रहरीको रिपोर्टलाई होइन भनेर त म कसरी भनुँ ? जनताको रिर्पोट पनि छ । प्रहरीले दिएको फोटोमा हेर्यो भने ५–६ ठाउँ त हातै भाँचिएको देखिन्छ त,’ पूर्व गृहमन्त्री समेत रहेका नेता शर्माले भने, ‘अनि पहिला हातखुट्टा भाँचेर गोली हानिएको अवस्था कसरी मुठभेड हुन सक्छ ? के गोली हानेपछि भाँचियो त हातखुट्टा ?’
उनले गृहमन्त्रीलाई प्रश्न गरे, ‘फेरि त्यही प्रवृत्ति दोहोर्याउन चाहन्छौ ? प्रहरीले नियन्त्रण गर्न सक्छ, कानूनी कारवाही गर्नुपर्छ, यो मुठभेड हो भन्ने लाग्दैन ।’
नेपाली कांग्रेसकी डिला संग्रौला पन्तले परिवारका सदस्यले नियन्त्रणमा लिएर हत्या भएको बयान दिएका कारण घटनाको छानबिन हुनुपर्ने माग गरिन् ।
नेकपाकै रेखा शर्माले व्यक्तिलाई नियन्त्रणमा लिएर हत्या गर्ने शृंखला रोकिनुपर्नेमा प्रोत्साहन भएको बताइन् । त्यसअघि गृहमन्त्री थापाले कुमार पौडेलले प्रहरीलाई हमला गरेकोले आत्मरक्षाका लागि प्रहरीले गोली चलाएको दाबी गरेका थिए ।
पौडेलले स्थानीय जनप्रतिनिधिसँग जबरजस्ती चन्दा माग्ने र जनमानसमा त्रास फैलाउने काम गरिरहेको आरोप मन्त्री थापाले लगाए ।
प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले विप्लवको पार्टीका इन्चार्ज पौडेलले जनतालाई आतंकित पार्दै आएको बताए । समितिले घटनाको सम्बन्धमा ७ दिनभित्र समितिमा प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक
फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक