असार ४,काठमाडौं : गुठी पक्षधरहरुले बुधबार काठमाडौंको माइतीघर मण्डलामा विशाल जनप्रदर्शन गरेका छन् । जनआन्दोलन २०६२–६३ को झल्को दिनेगरी जनप्रदर्शन भएको थियो । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट निस्किएको जुलुस माइतीघर मण्डलामा जम्मा भएका थिए । सरकारले संसद्मा दर्ता गराएको गुठी विधेयक खारेजी हुनुपर्ने उनीहरुको मुख्य माग थियो । बुधबार गर्ने भनिएको प्रदर्शनको पूर्वसन्ध्यामा सरकारले उक्त विधेयक फिर्ता लिने घोषणा गरेको थियो ।
तर प्रधानमन्त्री र भूमिसुधार मन्त्रीले व्यक्त गरेका धारणाले आफूहरुलाई आक्रोशित बनाएको सहभागीको प्रतिक्रिया थियो । जुलुसमा प्रधानमन्त्री केपी शर्मा ओली, सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, भूमिसुधार मन्त्री पद्मा अर्यालको राजीनामा माग गरिएको थियो । गुठी विधेयक फिर्ता होइन, खारेजी गर्नुपर्ने सहभागीहरुको माग थियो ।
प्रर्दशनमा हजारौं गुठी पक्षधरको सहभागिता थियो । राष्ट्रियसभामा प्रस्तुत गुठीसम्बन्धी विधेयकको चौतर्फी विरोधपछि भूमि व्यवस्था मन्त्री अर्यालले मंगलबार फिर्ता लिएकी थिइन् । उनले सरोकारवालासँगको छलफलका लागि विधेयक फिर्ता लिएको बताएकी थिइन् । प्रर्दशनकारीले सरकारले संस्कृति मास्न खोजेको भन्दै समयमै नसच्चिए सरकार नै मासिने चेतावनी दिएका थिए । उनीहरुले हाम्रो सम्पदा मास्न पाइँदैन, सम्पदा कसैको दाइजो होइन लगायतका नारा पनि लगाएका थिए ।
सरकारले मंगलबार नै वियेधक फिर्ता लिने घोषणा गरेपछि गुठी पक्षधरहरुले पुनः सरकारले विधेयक अघि बढाउन सक्ने आशंका गरेका छन् । यसअघि गुठी विधेयकविरुद्ध सडकमा रहेको संघर्ष समितिले प्रधानमन्त्रीले पत्रकार सम्मेलनका क्रममा व्यक्त गरेको भाषा अमर्यादित भएको भन्दै खेद प्रकट गरेको थियो । संयोजक डा. महेशमान श्रेष्ठले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ, “नेपाल सरकारका सम्माननीय प्रधानमन्त्रीज्यूले आयोजना गर्नुभएको प्रेस सम्मेलनमा प्रयोग गर्नुभएको सम्बोधनको भाषालाई हामी आन्दोलनकारीहरुले सहज र मर्यादित रुपमा लिन नसकेकोले सो प्रति समेत खेद व्यक्त गर्न चाहन्छौं ।”
गुठी विधेयक फिर्ता हुनु सकारात्मक भएपछि मन्त्रीले जारी गरेको विज्ञप्तीमा प्रयुक्त भाषाले उक्त फिर्ता लिएको विधेयकमा त्रुटि रहेको कुरालाई स्पष्ट भाषामा स्वीकार गर्न नसकेको देखिँदा आगामी दिनमा हामी आन्दोलनकारीहरुले खोजिरहेको गुठी परम्परा र सम्पदामा सम्बन्धित सरोकारवालाहरुको स्वामित्व, अधिकार र सहभागिताका लागि अझै निरन्तर खबरदारीको आवश्यकता रहेको प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
सरकारले संसद्मा दर्ता गराएका पछिल्ला विधेयकहरु निरन्तर विवादित बन्दै गएपछि मिडियाकर्मी, अधिकारकर्मीलगायतले पनि निरन्तर विरोध गरेका छन् ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द