गाईलाई पनि सुत्केरी भत्ता !

रत्ननगर, रासस । रत्ननगर नगरपालिकाले चालु आर्थिक वर्षबाट गाईलाई सुत्केरी भत्ता कार्यक्रम शुरु गरेको छ । 

नगरपालिकाको पशुपक्षी शाखाका प्रमुख शालिग्राम पौडेलका अनुसार साउन १ गतेदेखि लागू हुनेगरी गाईलाई सुत्केरी भत्ता दिन शुरु गरिएको हो । 

“अब साउन १ गतेबाट ब्याएका गाईले भत्ता पाउनेछन्, नगरपालिकाबाट पारित भइसक्यो, कार्यविधि बनेपछि वितरण शुरु हुन्छ तर त्यसका लागि प्रमाण भने पुर्याउनुपर्ने हुन्छ,” उनले भने । 
भत्तास्वरुप प्रतिगाईले रु ५०० पाउने छन् । किसानलाई गाईपालनमा प्रोत्साहनका लागि यस्तो कार्यक्रम ल्याइएको हो । गाई ब्याउने वित्तिकै किसानले खबर गरेमा पशु प्राविधिक किसानकै घरमा पुगेर अभिलेख राख्ने र उपयुक्त समय मिलाएर भत्ता वितरण वितरण गरिने नगरपालिकाको पशुपक्षी शाखाले जानकरी दिएको छ । 

प्रतिगाई एक हजारका दरले भत्ता दिने तयारी गरिए पनि नगरपालिकाले बजेट कटौती गरेकाले रु ५०० मात्रै दिन लागेको हो । 

रत्ननगर नगरपालिका क्षेत्रमा करीब ३५ हजार गाई छन् भने व्यावसायिक रुपमा १०० गाई फार्म छन् तर स्थानीय जातका गाईले समेत भत्ता पाउने पशु स्वास्थ्य प्राविधिक ईश्वर मिश्रले बताए । रत्ननगरमा कृत्रिम गर्भाधान गर्ने गाईको संख्या ६ हजार २०० छ । त्यसमा ७० प्रतिशत गाई सुत्केरी हुन्छ, भन्ने अनुमानले करीब चार हजार गाईलाई भत्ता दिने योजना बनाइएको उनको भनाइ थियो । 

यसका लागि रु ४० लाख बजेट माग गरिए पनि नगरपालिकाले रु २० लाख बजेट छुट्याएको प्राविधिक मिश्रले जानकारी दिए । थोरै गाईपालन गर्ने किसानले समेत भत्ता स्वरुपको रकम पाउनु खुसीको कुरा भएको रत्ननगरका किसान काशिराम भुषालले बताए । 
सहकारीका अध्यक्ष विष्णुप्रसाद लामिछानेले सुत्केरी भत्ता दिने कार्यक्रम सकारात्मक नै भएपनि रोग नियन्त्रणका विषयमा भने सरकारबाट सहयोग नपाएको प्रतिक्रिया दिए । रत्ननगमा प्रति लिटर दूधको एक रुपैयाँ अनुदानका कार्यक्रमसमेत चलिरहेको छ । हिमचुली दुग्ध उत्पादक सहकारीले यसपटक दूधमा प्रतिलिटर रु एक रुपैयाँ अनुदानले चार लाख पाँच हजारको अनुदान वितरण गरेको छ । 

यस्तै पाञ्चायन दुग्ध उत्पादक सहकारीले रु आठ लाख अनुदान वितरण गरेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल