फेसबुकमा पोस्ट हुने कस्तो प्रकारको सामग्रीलाई स्थायी रुपमा हटाइनेछ भन्नेबारे कम्पनीले नयाँ जानकारी सार्वजनिक गरेको सीएनएनले बताएको छ । पछिल्ला दिनहरुमा लगातार आलोचना सहेपछि कम्पनीले फेसबुकको नीति खुलस्त पार्ने उद्देश्यले यस नयाँ प्रक्रियाबारे विस्तृत जानकारी दिएको हो ।
कस्ता सामग्री फेसबुकमा स्वीकार्य हुने र कस्तो नहुने भन्नेबारे कम्पनीले जानकारी गराएको हो ।
घृणात्मक सन्देश फैलाउने खालको पोस्ट, नग्नता प्रस्तुत गर्ने, बन्दुक र आतङ्कवाद् सम्बन्धी पोस्ट र धम्कीपूर्ण सन्देश दिने जस्ता पोस्टहरुलाई फेसबुकले अस्वीकार्य मान्ने बताएको छ ।
हिंसा, यौनजन्य सामग्री र घृणा फैलाउने पोस्टलाई हटाउँदा फेसबुकले सो सामग्रीसँग सम्बन्धित प्रयोगकर्तालाई पनि सूचित गराउने र चेतावनी पनि दिइने बताएको छ । त्यसैगरी यस्ता पोस्टबारे खबर गर्ने प्रयोगकर्तालाई पनि पोस्ट हटाइसकेको वा नहटाइएको सम्बन्धि जानकारी दिइने कम्पनीले बताएको छ ।
हरेक हप्ता फेसबुकले करोडौँ मानिसहरुबाट त्यस्ता अनुचित सामग्रीको रिपोर्ट पाउने गरेको छ । अहिले भने फेसबुकले त्यस्ता सामग्रीमा अटोमेटिक झण्डाको चिन्ह लगाइदिने गरेको छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।