April 4, 2017

गर्मीमा झिंगा, साङ्ला र लामखुट्टे कसरी भगाउने ? यस्तो छ सरल उपाय…

गर्मी बढेसँगै तपाईको भान्छामा साङ्ला सलबलाउन थाले होलान् । राती लामखुट्टेको आवाज र टोकाइले निन्द्रा बिथोल्न थाल्यो होला । फोहोर-मैलाबाट आएको झिंगाले सताइरहेका होलान् । यि समस्याबाट कसरी छुटकारा पाउने ?

 
साङ्लो भगाउने बिधीcokroz

साङ्ला गर्मीमा एकदमै छिटो फैलन्छ । यसको सन्तान पैदा गर्ने क्षमता उच्च हुन्छ । सजिलै मार्न पनि सकिदैन । किनभने यसको टाउको छिनाइयो भने समेत केहि दिनसम्म जीवित रहन सक्छ । यो प्राय भान्साको कुनाकाप्चा, खाट, दराज आदिमा लुकेर बस्छ । यसरी लुकेर बस्ने साङ्ला भगाउन केहि घरेलु विधी पनि अपनाउन सकिन्छ ।

१. साङ्लोबाट मुक्ति पाउने पहिलो उपाय भनेको घरको सरसफाई हो । सफा र उज्यालो स्थान यसको लागि अनुकुल हुँदैन ।

२. लसुन, प्याज र मरिचलाई बराबर मिलाएर पिस्नुपर्छ । उक्त पेस्टलाई पानीमा मिसाएर घोल तयार गर्ने । अब त्यो घोललाई एउटा बोत्तलमा राखेर साङला बस्ने कुना काप्चामा छर्कनुपर्छ । केहि समय नियमित घोल छर्केपछि साङ्लाको समस्याबाट राहत मिल्छ ।

३. सख्खर र बेकिङ सोडालाई बराबर मात्रामा मिलाउने र साङ्लो बस्ने स्थानमा राख्नुपर्छ । त्यसको छेवैमा थोरै पानी पनि राखिदिनुपर्छ । सोडा खाएपछि यसले पानी पिउछ र मर्छ । बेकिङ सोडा यसको पेटमा गएपछि हानी पुर्‍याउँछ ।

४. पानीमा डिटर्जेन्ट घोलेर साबुनको घोल बनाउने । यसका लागि कुनैपनि किसिमको साबुन प्रयोग गर्न सकिन्छ । यस घोललाई स्प्रेको माध्यामबाट साङ्ला बस्ने ठाँउमा छर्कनुपर्छ ।

 

झिंगा भगाउने विधी

झिंगाले खानेकुरालाई दूषित बनाइदिन्छ । गर्मीमा रोग सार्ने माध्याम पनि हो, झिंगा । त्यसैले झिंगालाई कसरी फैलन नदिने भन्नेमा हामी चिन्तित हुने गछौं ।

१. झिंगाको लागि फोहोरको थुप्रो, जमेको पानी अनुकुल हुन्छ । त्यस्ता ठाँउमा सजिलै झिंगा फैलन्छ । त्यसैले झिंगाबाट मुक्त हुने पहिलो उपाय भनेको घर आसपास सरसफाई गर्नु नै हो । सफा एवं स्वच्छ वातारवरण झिंगाको लागि प्रतिकुल हुन्छ ।

२. घरमा बासी, कुहिएको, सडेको खानेकुरा नराखौं । सफा खानेकुरा छोपेर राख्नुपर्छ ।

३. एक पारदर्शी पोलेथिनमा आधा पानी भरेर घरको प्रवेशद्वार, झ्यालको आसपासमा झुन्ड्याउने । यसमा परावर्तन हुने प्रकासबाट पनि झिंगा भाग्छ ।

४. झिंगा भगाउन तेज गन्ध भएको तेल प्रयोग गर्न सकिन्छ । कपासमा उक्त तेल भिजाएर भित्र-बाहिर गर्ने मुल ढोका, झ्यालको छेउमा राख्नुपर्छ । यसले पनि झिंगा भगाउन सकिन्छ ।

लामखुट्टे भगाउने विधी

लामखुट्टेको टोकाई र आवाजले राती सुत्न दिदैन । यसले संक्रमित व्यक्ति, जीव जनवारलाई टोकेर हाम्रो शरीरमा रोग समेत सार्न सक्छ । गर्मीमा लामखुट्टेले थुप्रै रोग सार्ने भय रहन्छ ।

१. लामखुट्टे जमेको फोहोर पानीबाट फैलन्छ । बर्खामा जम्ने पानी, भाडाबर्तन सफा गरेर पोखाएको पानी आदि जमेको ठाँउमा लामखुट्टेले अण्डा पार्छ । त्यसैले घर आसपासमा त्यस्तो पानी जम्न दिन हुँदैन । सरसफाई गरेको अवस्थामा लामखुट्टे त्यती चाढै फैलने डर हुँदैन ।

२. घरको झ्याल, ढोका वा कुनैपनि खुला प्वालबाट लामखुट्टे घरभित्र प्रवेश गर्छ । त्यसैले त्यस्ता ठाँउमा जाली हुनुपर्छ, जहाँबाट हावा आउजाउ गर्न सक्छ तर लामखुट्टे सक्दैन । यतिबेला झुलको प्रयोग पनि उपयोगी हुन्छ ।

३. कपुरलाई पनि लामखुट्टे भगाउने काममा प्रयोग गर्न सकिन्छ । एउटा कोठामा कपुर जलाउने र सबै झ्याल-ढोका बन्द गरिदिने । १०-१५ मिनेटपछि कोठा लामखुट्टेरहित हुन्छ ।

४. पुदिना वा त्यसको तेलमा किटनासक गुण हुन्छ । घरको आसपासमा पुदिना रोप्ने र त्यसको रस झ्याल ढोकामा छर्कनुपर्छ, लामखुट्टेको संक्रमण हट्छ ।एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि