January 25, 2017

गगन गनाउदै छन् : कति धेरै गन्ध ?

काठमाडौं, १२ माघ । श्रीमतीले गुन तिर्न खोज्दा श्रीमान् बदनाम । यस्तै हालत भएको छ, मन्त्री गगन थापाको । पारिवारिक र स्वकीय सचिवालयमा रहेका विवादास्पद व्यक्तिका कारण गगनको नाम एकपछि अर्को प्रकरणमा बद्नाम हुँदैन ।Gagan_Thapa

हालै मात्र स्वास्थ्य सेवा विभागको महानिर्देशकमा कांग्रेसनिकट मानिने डा. भीम आचार्यको नाममा टिपेक्स लगाएर स्त्रीकाण्डमा मुछिएका डा. राजेन्द्र पन्तलाई नियुक्ति दिलाएसँगै कांग्रेस नै गगनसँग रुष्ट बन्न पुगेका छन् ।

खासमा, पन्तलाई त्यहाँको महानिर्देशक बनाउन गगनभन्दा बढी पत्नी अञ्जना र ठाइँला ससुरा केदारनरसिंह सक्रिय थिए । यसरी राजेन्द्रलाई महानिर्देशक नै बनाउनुपर्ने बाध्यता गगनपत्नीलाई के परेको रहेछ भने, तीन वर्षअगाडि राजेन्द्र स्वास्थ्य मन्त्रालयमातहत बालस्वास्थ्य विभागको प्रमुख थिए ।

सोही समय हो, उनले गगनपत्नीलाई सेभ दी चिल्ड्रेनको प्रोग्राम कोअर्डिनेटर बनाइदिएको । यो युनिसेफ मातहत रही सञ्चालित आकर्षक प्रोजेक्ट हो । सेभ दी चिल्ड्रेन बालस्वास्थ्य महाशाखा मातहत रहेको सबैभन्दा बढी पैसा खेलाउन पाइने आइएनजिओसमेत हो ।

यो संस्थाको को–अर्डिनेटर बनाइएकी अञ्जनालाई यसको गुन तिर्नु थियो, राजेन्द्रलाई । तीन वर्ष अगाडिको यसको हिसाब–किताब चुक्ता गर्नुथियो, गगनपत्नीलाई । त्यसको सबैभन्दा उत्ताम मौका पनि यही थियो ।

हो, सोही बदलामा उनको र गगनका ससुरा केदारनरसिंहको दबाबमा राजेन्द्रलाई गगनले स्वास्थ्य सेवा विभागको महानिर्देशक बनाएका हुन् । पन्त तिनै व्यक्ति हुन्, जो खगराज अधिकारी मन्त्री हुँदा यिनको खेलो फड्कोबारे चाल पाएसँगै खगराजले उनलाई सुर्खेतमा सरुवा गराइदिएका थिए ।

राजजनम चौधरी मन्त्रीका रुपमा आएसँगै उनी आकर्षक र सबैभन्दा बढी पैसा खेलाउन पाइने बालस्वास्थ्य महाशाखामा सरुवा भएर प्रमुख बन्न आइपुगे । उनी त्यहीँ हुँदा हो बालस्वास्थ्य महाशाखाअन्तर्गत सेभ दी चिल्ड्रेनमा अञ्जनालाई जागिर खुवाइएको । यस्तो काम फत्ते गरेर गगन हालै मात्र जेनेभातिर उडेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी