खोरमा ‘बाघे’ : डिएसपीको पेस्तोल माग्नेदेखि एसएसपीसँगै सोफामा बस्नेसम्म !

Baghe-768x366

जेठ २३, काठमाडौं– डिएसपी कञ्चन थापा ०६७/६८ तिर महानगरीय प्रहरी वृत बालाजुको ईन्चार्ज थिए । बालाजुमै घर घडेरी भएका गुण्डा नाईके बाघबहादुर लामा ‘बाघे’सँग उनको चिनजान त्यहिँ भयो । बालाजु क्षेत्रको ईन्चाज हुँदा डिएसपी थापालाई बाघेले खुब सम्मान गर्थे, नगरुन् पनि कसरी ?

ठुलो भ¥याङबाट भित्रपट्टि बाघबहादुरले ईट्टा, बालुवा तथा रोडा डिपो सञ्चालन गरेका थिए । प्रहरी नेगेटिभ हुनासाथ उनको अबैध बालुवा–गिट्टी कारोबारमा बादल लाग्थ्यो । पछि कञ्चन थापा त्यहाँबाट सरुवा भए, बाघेको अड्डा ठुलो भ¥याङमै थियो ।

एक प्रहरी जवानसँग प्रेममा फसेर दोस्रो विवाह गरेपछि कञ्चन थापाले काडमाठौंमा घर बनाउन थाले । घर बनाउने क्रममा पैसा अपुग भएपछि डिएसपी थापा एकदिन बाघेलाई भेट्न ठूलो भ¥याङस्थित बालुवा डिपोमै पुगे । बाघेले अकुत पैसा कमाएको कुरा थापालाई जानकारी थियो । डिएसपीका बर्दीमा प्रहरीको गाडी लिएर बाघे भेट्न पुगेका थापाले उनलाई प्रस्ताव गरे, ‘बाघे जी, घर बनाउन थालेको पैसाको समस्या भयो, अहिलकती सहयोग गर्नुस् न !’
पहिले त्यस्तो सम्मान गर्ने बाघेले डिएसपी थापालाई जवाफ दिए, ‘तपाईंको पेस्तोल दिनुस्, एक घण्टामा एक करोड उठाइदिन्छु !’

कञ्चन थापा फनक्क फर्किएर प्रहरी प्रधान कार्यालयतिर लागे । प्रहरी स्रोतका अनुसार दोस्रो पत्नीले पनि उनलाई टर्चर दिइरहेकी थिइन् । ‘बाघे’ ले बचन लाएको केही दिनमै उनले आफैंले कञ्चटमा पेस्ताले हानेर आत्महत्या गरे ।

परिस्थितीअनुसार मुसादेखि बाघसम्म बन्नसक्ने तिनै गुण्डा नाईके बाघे करिब १५ दिनदेखि महानगरीय प्रहरी परिसर काठमाडौंको खोरमा छन् । उनलाई जेठ १० गते बालाजु क्षेत्रबाट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) छबिलाल जोशीले जानकारी दिए । प्रहरीले ‘बाघे’लाई सार्बजनिक अपराध मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद लिएर खोरमा राखेको छ ।

एसएसपीसँगै सोफामा बसेपछि…

२०७० सालमा एसएसपी रमेश खरेल काठमाडौं प्रहरी प्रमुखको रुपमा सरुवा भए । माघ १४ गते काठमाडौं प्रहरी प्रमुखको रुपमा सरुवा भएका खरेललाई फागुन १० गते सामुदायीक सेवा प्रहरी केन्द्र इचंगुनारायणको पलहमा निर्माण भएको सामुदायीक भवन उद्घाटनका लागि प्रमुख अतिथीको हैसियतमा उपस्थित भईदिन निमन्त्रणा पत्र आयो । शायद खरेलले निमन्त्रणा पत्र गहिरिएर हेरेनन्, फागुन १० गते सामुदायीक भवन उद्घाटन गर्न भन्दै इचंगुनारायण तिर हुँईकिए ।

प्रमुख अतिथीको रुपमा रमेश खरेल बसेको सोफाको अर्को कुनामा थिए, गुण्डा नाइके बाघबहादुर लामा ‘बाघे’ । सामुदायीकको उपाध्यक्षसमेत रहेका बाघे कार्यक्रमको सभापति थिए ।

कार्यक्रम सकियो, खरेल हनुमानढोकातिर लागे । बाघे आफ्नै गाडीमा स्वयम्भु प्रहरीमा पुगे । महानगरीय प्रहरी वृत स्वयम्भुको मातहतकै निकाय थियो सामुदायीक प्रहरी सेवा केन्द्र इचंगुनारायण । प्रहरी वृत स्वयम्भुमा कार्यक्रमबारे समिक्षा मिटिङ हुदै थियो, ठीक त्यहिबेला डिएसपी दयानिधी ज्ञवालीको फोन बज्यो । ज्ञवाली वृत ईन्चार्ज थिए । रमेश खरेलले उनलाई फोन गरेर ‘गुण्डाको कार्यक्रममा मलाई बोलाउने ?’ भन्दै बाघेलाई समातेर हनुमानढोका हाजिर गराउन आदेश दिए । समिक्षा बैठक बस्दाबस्दै डिएसपी ज्ञवालीले बाघेलाई प्रहरीको गाडीमा हालेर हनुमानढोका स्थित खरेलको कार्यकक्षमा हाजिर गराए । आफुसँग सोफामा बस्ने ‘हर्कत’ गरेको आरोपमा खरेलले उनलाई सार्वजनिक अपराधको मुद्दा दर्ता गरेर खोरमा हालिदिए !

गुण्डालाई प्रहरीले नै बनायो समाजसेवी !

बालाजु क्षेत्रमा गुण्डा नाइके भनेर कहलिएका बाघेलाई आखिर त्यसरी कसले समाजसेवीको पगरी गुथाउँदै सामुदायीकको उपाध्यक्ष बन्ने बाटो खोलिदियो ? रातोपाटीलाई प्राप्त समाचार अनुसार प्रहरीले नै उनलाई ‘चालचलन राम्रो भएको’ रिपोर्ट बनाईदिएर समाजसेवी बन्ने बाटो खोलिदिएका थिए ।

२०६३÷६४ सालमा स्वयंभु प्रहरीको इन्चार्ज थिए तत्काल ईन्सपेक्टर सुरेन्द्र मैनाली । उनी अहिले नेपाल प्रहरीको एसपीमा बढुवा भएका छन् । प्रहरी स्रोतका अनुसार स्वयम्भु प्रहरी वृतमा कार्यरत तत्कालिन सई धर्मेन्द्र रावलसहित अर्का एकजना असईले ‘बाघेको चालचलन राम्रो छ’ भन्दै ईन्सपेक्टर मैनालीलाई रिपोर्ट बुझाएका थिए । मैनालीले उक्त रिपोर्टलाई सदर गरेर चालचलन राम्रो भएको पत्र बाघेलाई थमाइदिए । उक्त पत्र जिल्ला प्रशासन कार्यालयमा पेश गरेर बाघेले आफुलाई समाजसेवी बन्ने गोरेटो खनेका थिए । त्यहि गोरेटो पहिल्याउँदै उनी सामुदायीक सेवा केन्द्र ईचंगुनारायणको उपाध्यक्ष बन्न सफल भएको बताइएको छ । समाजसेवीको आवरणमा उनले इचंगुनारायणको सामुदायीक भवन निर्माणका लागी सबैभन्दा धेरै चन्दादान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा