ठूलो धनराशि खर्च गरेर बैतडीलाई खुला दिसामुक्त जिल्ला घोषणा गरियो तर सदरमुकाममै सार्वजनिक शौचालय छैन । जताततै खुला दिसापिसाब गर्ने गरिएको छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा गोकर्ण दयालले ललेखेका छन् ।
सरकारी तथा गैरसरकारी संस्थाको पहलमा जिल्लाभरि शौचालय बनिसकेको भन्दै तीन वर्षअघि तामझामका साथ खुला दिसामुक्त क्षेत्र घोषण गरिएको थियो । खानेपानी मन्त्रीकै आतिथ्यमा खुला दिसामुक्त क्षेत्र घोषणा पनि भयो तर अहिलेसम्म खानेपानी शुद्ध हुन सकेको छैन । खानेपानीमा दिसामा हुने जीवाणु (कोलिफर्म) देखिएपछि सर्वसाधारणको स्वास्थ्यमा गम्भीर सङ्कट उत्पन्न भएको छ ।
पिउने पानीमा कोलिफर्म भेटिन थालेपछि नागरिक समाजका तर्फबाट खुला दिसामुक्त जिल्ला घोषणा बदर गर्र्ने माग गर्नुपर्ने बैतडीका बुद्धिजीवी एवं सामाजिक अभियन्ता डा. केदारचन्द्र भट्ट बताउँछन् ।
काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू
माघ २५,काठमाडौँ । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)
बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत
काठमाडौँ, असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार
भदौ २५ ,काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन
२१ भदौ २०८०, बिहिबार हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण