March 21, 2018

खानेपानीको विषयलाई लिएर झडप

 
 
 
 

धरान, चैत ७ । धरानमा खानेपानी ट्यांकी निर्माणको विषयलाई लिएर झडप भएको छ । धरान १४ स्थित निर्माणाधिन खानेपानी टयाङकी निर्माणको बिषयलाई लिएर झडप भएको हो ।

धरान उपमहानगरपालिकाले निर्माणको कार्यलाई तिब्रता दिएसैगै लिम्बुवान सर्मथित बिभिन्न संघसंस्थाले आफना पुर्खा किराँतीहरुको ईतिहास मेटीने काम भएको भन्दै निर्माण कार्य रोक्ने क्रममा सो झडप भएको हो । झडपमा परी लिम्बुवानका केही कार्यकर्ता घाईते समेत भएका छन् । निर्माणमा अबरोध गरेपछि प्रहरी प्रशासनले सो अबरोध हटाउन खोज्दा दुबैपक्षबीच झडप भएको थियो ।

झडपमा चार राउन्ड अश्रुग्यास प्रहार भएको छ । झडपमा परी संङ्घीय लिम्बुवान पार्टीको अब्बास मिया र नैन कुमार बिश्वकर्मा घाइते भएका छन् । आन्दोलनकारीले पानी टंकी निर्माण गर्न ल्याइएको स्काभेटर समेत तोडफोड गरेका छन् ।

 

धरानमा खानेपानीको समस्या बढ्दै गएको छ । सुख्खा मौसमसँगै खोलाको मुहान सुक्न थालेपछि खानेपानीको समस्या पनि बढेको हो ।
खानेपानी संस्थानले नगरका आधा वडामा बिहान र आधामा बेलुका मात्र पानी वितरण गर्ने गरेको भएपनि केही समय अघिदेखी पानी आउने क्रम रोकिएको छ । बिहान र बेलुका तीन/तीन घन्टा मात्र पानी दिइने गरेको थियो । तर अहिले करिब एक हप्तादेखी धरान ११ मा सबै घरको धारामा पानी आउने क्रम बन्द भएको स्थानीय प्रविन राईको भनाई छ ।

ठूला घरानियाले मिटरबाट छतमा भएको ट्यांकीमा पानी चढाउने गरेका कारण सामान्यको घरमा समस्या झनै थपिएको छ ।

धरान १५ का सुष्मिता गुरुङले आफ्नो छिमेकीको घर ठुल्ठूला भएकाले गर्दा उनीहरूले पानी मिटरबाट छतको ट्यांकीमा चढाएपछि आफ्नो घरमा पानी नआउने र आउँदा पनि सानो आउने गरेकाले हैरान भएको बताइन् ।

उनले आफूहरूले पानीको समस्याले गर्दा खान मात्र होइन, जीवनयापनका अन्य सामान्य विषयमा समेत समस्या परेको बताइन् ।

त्यसैगरी, सुकुम्बासी बस्तीका बासिन्दालाई झनै चर्काे पानीको समस्या रहको सुकुम्बासीहरूले बताएका छन् । लामो समय लाइनमा बस्नुपरेकाले मजदुरीमा पनि समस्या परेको धरान १६ सुनैलो बस्तीकी सम्झना मगरको भनाई छ ।

धरानका सामान्य व्यक्तिले खानेपानी संस्थानले गैरजिम्मेवारी पूर्ण पानी समेत वितरण गर्ने गरेको सर्बसाधारणको भनाई छ । खानेपानी संस्थानका अनुसार धरानेमा दैनिक एक करोड ७० लाख लिटर पानी आवस्यकता रहेको छ । तर, दैनिक १ करोड लिटर मात्र वितरण गर्ने गरेको संस्थानले जनाएको छ ।

धरानमा हरेक बर्ष पानीको चर्काे समस्या हुदा समेत सरोकारबालाहरुको ध्यान केन्द्रीत हुन सकेको छैन भने केही समय अधि एडीबीको अबौको लगानीमा खानेपानी परियोजना संञ्चालनमा ल्याईने तयारी गरिएपनि स्थानीय तथा बिभिन्न संघ संस्थाका बिरोधका कारण निर्माण कार्य महिनौदिनदेखी अबरुद्ध हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

चीनद्वारा २८ करोड बराबरको राहत हस्तान्तरण

 कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

आज सन्दीपविरुद्धको मुद्दा सुनुवाइ हुँदै

काठमाडौँ, असोज २५ गते । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदै छ