खानापान शैलीलाई स्वस्थ्यकर बनाउनुहोस्

junck-food-768x450दैनिक कति खानेकुरा खाने ? स्वस्थ्य दिनचर्याका लागि महत्वपूर्ण प्रश्न हो यो । दिनमा धेरै खाना सेवन गर्नु वा एकदमै कम खाना खानु दुबै राम्रो मानिदैन । शरीरको आवश्यक्ता अनुसार उचित आहार गर्नुपर्छ, जसले शरीरलाई निरोगी र उर्जावान् बनाइराख्छ ।

कति खाना खाने भन्ने कुरा उमेर र उसको दैनिकीमा पनि निर्भर गर्छ । शारीरिक श्रम गर्ने वा शारीरिक रुपमा सक्रिय मानिसहरुको लागि पोषण तत्वको आवश्यक्ता बढी हुन्छ । खानेकुरा केवल पेट भर्नका लागि मात्र होइन, शरीरलाई स्वस्थ्य र फुर्तिलो राख्नका लागि हो । ७-८ घण्टाको निन्द्रापछि हामीलाई विभिन्न गतिविधिको लागि उर्जा आवश्यक हुन्छ, जो खाद्य पदार्थबाट प्राप्त हुन्छ ।

 

ब्रेकफास्ट किन गर्ने

आफ्नो तौल घटाउने चक्करमा कतिले ब्रेकफास्ट लिदैनन्, जसले यसकोे दुष्परिणाम भोग्नुपर्ने हुन्छ । ब्रेकफास्ट नलिदा एसिडिटी, ग्याष्ट्रिक जस्ता समस्या बढ्छ । उचित पोषण तत्वको अभावमा शरीर कमजोर हुन्छ । रोग प्रतिरोधात्मक क्षमता घट्छ ।

खानपानको सम्वन्धमा एउटा भनाई छ,  ब्रोकफास्ट राजाले जसरी गर्नुहोस् । मध्यन्हको खाना राजकुमारले जसरी खानुहोस् । र, रातको खाना भिक्षुको जस्तै हुनुपर्छ ।’ अर्थात बिहानबाट सुरु हुने खानपान क्रमस घटाउँदै जानुपर्छ । राती सुत्नुअघिको खाना एकदमै हल्का र सुपाच्य हुनुपर्छ ।

प्रतिदिन कति खाना खाने ?

हाम्रो प्रवृत्ति के छ भने, एकै पटक अघाउँने गरी खाने । भरपेट खाने र दिनमा थोरै पटक खाने हाम्रो प्रवृत्ति आफैमा स्वस्थ्यकर छैन । किनभने यसरी एकै पटक धेरै खानेकुरा सेवन गर्दा पाचन प्रक्रियामा असर गर्छ । खाना खाइसकेपछि लामो समय ग्याप रहँदा शरीरलाई आवश्यक पोषक तत्वको अभाव हुन्छ ।

त्यसैले दिनमा धेरै पटक तर थोरै-थोरै खाना खाइरहनु पर्छ । संभव भएसम्म दिनमा ६ देखि ७ पटकसम्म खाना खानुपर्छ । खाना भनेको भात र तरकारी मात्र होइन, अरु फलफूल, ड्राइ फुट्स, हल्का नास्ता सबै पर्छ ।

वर्कआउट

तपाई कति क्यालोरी सेवन गरिरहनुभएको छ भन्ने कुराको ख्याल राख्नुपर्छ । अनावश्यक क्यालोरीज बर्न गर्नका लागि वर्कआउटको आवश्यक हुन्छ । तपाई वर्कआउटपछि के खानुहुन्छ त्यसको असर तपाईको रिकभरी प्रक्रिया, मांशंपेशीको बनौट, ताकत र प्रदर्शनमा पर्छ । महत्वपूर्ण चाहि के भने तपाई प्रतिदिन क्यालोरी, प्रोटिन, फ्याट र कार्बोहाइड्रेडको सहि मात्रा सेवन गर्नुपर्छ । र, यि पोषक तत्व प्राप्त गर्नका लागि उच्च गुणवत्ता खाद्यपदार्थ लिनुपर्छ ।

खानका लागि आदर्श समय

अध्ययनबाट यो सावित भएको छ कि, ब्रेकफास्टको लागि आदर्श समय बिहान ७ देखि ८ बजेबीचमा हो । त्यस्तै मध्यन्हको खाना १२ देखि १ बजेको बिचमा खनुपर्छ । साँझ वा रातको खाना ६ देखि ७ बजेको अवधीमा हुनुपर्छ । यसबीचमा तपाईले हल्का स्न्याक्स, फलफूल सेवन गर्न सक्नुहुनेछ । रातको खाना र सुत्ने समयान्तर तीन घण्टाको हुनुपर्छ, ताकि खाएको कुरा राम्ररी पचाइयोस् ।

पोषण सम्बन्धी जानकारी

–   मिश्रति आहार लिनुहोस्, जसमा सबै पोषक तत्व पुगेको होस् ।

–   भोक हटाउनका लागि दुधको चिया, चुरोट, मदिरा सेवन नगरौं ।

–   हरेक दिन ताजा फलफूल र सब्जी सेवन गरौ ।

–   यदि मधुमेह छैन भने आशिंक रुपमा चकलेट वा आइसक्रिम पनि लिन सकिन्छ ।

–   सब्जीलाई संभव भएसम्म सलादको रुपमा सेवन गर्नुपर्छ ।

–   एकसाथ बिजातिय खानेकुरा सेवन नगरौं ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी