खतरासँग खेल्दै खड्का ‍(फोटो फीचर)

बीबीए अध्ययनरत ललितपुर इमाडोलकी सुलक्क्षणा खड्का साधारण परिवारकी छोरी हुन् । १८ वर्षमै राष्ट्रिय खेलाडी बन्न सफल खड्का पैसा भन्दा नामको लागि खेल्ने बताउँछिन् ।
bike 2
उनीको खेलको नाम ‘स्टन्ट’ हो । खेल मैदानमा स्कुटर लिएर सुलक्क्ष्णा जब उत्रिन्छन्, हेर्नेहरुको मुटुको धड्कन बढ्न थाल्छ । खड्का भन्छिन्, ‘केटीले बाइक चलाएको देखेपछि लाइन लागेर हेर्नेहरु धेरै हुन्छन् । अझ हात छोडेर र खुट्टै नटेकेर चलाउँदा उनीहरुको आवाज मात्र होइन, दिमागले पनि कामगर्न छोड्छ ।’
bike 3
यति सम्मकि उनका बुबा आमाले समेत अहिलेसम्म डरले उनको स्टन्ट खेल हेरेका छैनन् । हुनपनि स्टन्ट गर्दा तालमेल नमिले ज्यान समेत जाने खतरा हुन्छ । यस्तो जोखिम खेल देखाउने सुलक्क्षणाले भनिन् ‘नेपालमा स्टन्ट गर्ने ठाँउनै छैन । मैले त रोडको छेउमा सिकेको हो ।’
bike 4
नेपालमा १४ जना स्टन्ट गर्ने राष्ट्रिय खेलाडी महिला छन् । तर, आर्थिक अभावका कारण अहिले धेरैले अर्कै क्षेत्रमा लागेको सुलक्क्षणाले बताइन् । कुनै ठाउँमा स्टन्टको लागि जानुप(यो भने सबैखर्च आफै बेर्होनु पर्ने बाध्यता छ ।
bike 5
स्टन्ट गर्दा, स्कुटर तथा बाइक विग्रने सम्भावना हुन्छ, त्यसको मर्मत गर्नेखर्च समेत आफैले जुटाउनु पर्ने विडम्बना यो क्षेत्रका खेलाडीले भोगिरहेका छन् ।
bike 6
सुलक्क्षणा महिलामा आत्मविश्वास बढाउनका लागि युवाहरुको नयाँ समुह तयार गर्ने सोचाइमा छन् । भन्छिन् ‘खेल महंगो हुन्छ, स्टन्ट गर्न खोज्ने महिलासँग स्कुटर वा बाइक नै हुँदैन ।’

स्टन्ट गरेपछि दर्शकहरुले ओ..हो..,‘साहसी केटी’ भनेको सुन्दा सबैभन्दा आन्नद आउँछ उनलाई । उनले भनिन्, ‘केटीहरु केहि गर्न सक्दैनन् भन्नेहरुको मुखबाट साहसी भन्ने शब्द सुन्न पाउँदा कति आनन्द आउँछ, सोच्नुस त ?’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति