क्रिकेट टोलीलाई जनही ५ लाख दिने सरकारको निर्णय

 

माघ २२, काठमाडौँ । युएईविरुद्धको एक दिवसीय र टि–२० अन्तराष्ट्रिय क्रिकेट शृंखला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सरकारले जनही ५ लाख नगदसहित सम्मान गर्ने भएको छ ।

युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको जानकारी दिए ।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकारले खेलाडीहरुको योगदानको उचित सम्मान गर्न त्यसको पूर्वाधार विकासमा जोड दिइरहेको पनि स्पष्ट पारे।

‘अहिलेको अवस्थामा खेलाडीलाई ५० लाख रुपैयाँ दिन सकिँदैन, तर हामी खेलाडीलाई बढी भन्दा बढी सुविधा उपलब्ध गराउनेतर्फ गम्भीर छौँ’, उनले भने ।

मन्त्री विश्वकर्माले नेपाली राष्ट्रिय क्रिकेट टिमले एकपछि अर्को सफलता हासिल गर्दै गएकोमा खुशी व्यक्त गरे ।

 घरेलु टोली युएईविरुद्ध नेपालले तीन खेलको एकदिवसीय र टी–ट्वान्टी सिरिज समान २–१ ले जितेको थियो । दुवै सिरिजको सुरुवाती खेल गुमाएपनि उत्कृष्ट पुनरागमन गर्दै नेपालले दुई सिरिज आफ्नो बनाएको थियो ।

नेपाली टोलीका लागि दुवै सिरिज ऐतिहासिक सिरिज समेत रहेको थियो । नेपालले पहिलो पटक एकदिवसीय र टी–ट्वान्टी सिरिज जितेको थियो ।

आईसीसीबाट एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएपछि नेपालले युएईविरुद्ध दोस्रो एकदिवसीय सिरिज खेलेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने