क्रिकेटर सन्दीप लामिछाने पल्सर स्पोर्टस् अवार्डको तीन विधामा मनोनित

क्रिकेटर सन्दीप लामिछाने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको तीन विधामा पर्न सफल  भएका छन् । सन्दीप वर्ष उत्कृष्ट पुरुष, युवा र पिपुल्स च्वाइस अवार्ड गरी तीन विधामा मनोनयनमा परेका हुन् ।

sandeep-lamichhange

नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार सार्वजनिक गरेको वर्ष उत्कृष्ट पुरुष र युवामा सन्दीप पर्न सफल भए । मञ्चले सार्वजनिक गरेको विधिन्न ५ विधामा सन्दीपबाहेक कुनै  पनि खेलाडी दोहोरिएर परेका छैनन् । तीन विधाको अवार्डमा पर्ने सन्दीपमात्रै एक्ला खेलाडी हुन् ।

विश्व चर्चित लिग इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्लीबाट खेल्दै गरेका सन्दीपको चर्चा संसारभर फैलिएको छ । दिल्ली डेयरडेभिल्सबाट आईपीएलमा रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्ध डेब्यु गरेका सन्दीपले आफ्नो डेब्यु खेलमै उत्कृष्ट प्रदर्शन गर्दै पूरै ४ ओभर बलिङ गरेर मात्र २५ रन खर्चिदै १ विकेट लिन सफल भए ।

सन्दीप नेपाली क्रिकेट टिमका लागि एक वर्षमा सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनले राष्ट्रिय टिमबाट ३५ सहित उमेर समूह गरी कुल ८४ विकेट लिएका छन् । आईसीसी एसिया यु–१९ विश्वकप छनोटमा उनले एकै प्रतियोगितामा २४ विकेट लिएका थिए । कुनै पनि उमेर समूह वा राष्ट्रिय टिमका लागि एकै प्रतियोगितामा सर्वाधिक विकेट लिने कीर्तिमान उनले बनाएका थिए ।

त्यस्तै, गत वर्ष नामिवियामा सम्पन्न आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु मा १७ विकेट लिदै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । उनले डिभिजन टु मा केन्या विरुद्ध मात्र २० रन खर्चेर ५ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति