टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले करोडौँ मानिसको मन जितेका युवा क्रिकेटर सन्दिप लामिछानेलाई तीन वर्षका लागि ब्राण्ड एम्बेसडर घोषणा गरेको छ ।
साथै कम्पनीले उनलाई कार उपहार पनि दिने घोषणा गरेको छ । कारको सबै मूल्य कम्पनीले नै व्यहोर्नेछ ।
आएपिएलमा अब्बल खेल देखाएर विश्वभर चर्चा कमाएका १७ वर्षिय युवा क्रिकेटर सन्दीप लामिछानेले टाटा मोटर्सको टिगोर कार चढ्नेछन् । आइपिएल खेलेर स्वदेश फर्किएलगत्तै सन्दीपले कार पाउने भएका हुन् ।
दिल्ली डेयरडेभिल्सबाट अन्तिम तीन खेल खेलेका सन्दिपले मुम्बई इन्डियन्सविरुद्ध तीन विकेट लिएका थिए । उनी आइपिएल खेल्ने पहिलो नेपाली क्रिकेटर हुन् ।
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार
काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।
जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति